एपीएफलाई हराउँदै हिमालयन शेर्पा राइनो गोल्डकपको सेमीफाइनलमा
रामकुमार श्रेष्ठ
नवलपरासी, २६ कात्तिक ।
नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुबटल प्रतियोगिताको सोमबारको खेलमा एपीएफलाई ट्राइबेकरमा हराउँदै हिमालयन शेर्पा सेमीफाइनलमा पुगेको छ ।
सोमबार भएको क्वाटर फाइनलमा खेलमा हिमालयन शेर्पा विजयी भएको हो । टाईबेकरमा ४–२ गोल अन्तरले एपिएफलाई पराजित गर्दै हिमालयनले सेमीफाइनलको यात्रा तय गरेको हो ।
सोमबार भएको खेलको पहिलो हापको ४४ औ मिनटमा हिमालयन शेर्पाले पाएको पेलान्टीलाई शेर्पाका जर्सी न १४ का कर्ण लिम्बूले गोलमा परिणत गरेका थिए ।
पहिलो हाफसम्म १ गोलको अग्रता लिएको शेर्पा भने दास्रो हाफको ९ औ मिनेटमा बराबरीमा पुगेको थियो । एपिएफका लागि प्रविन स्यान्ताङले दोस्रो हाफको ९ मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफको २८ आंै मिनेटमा एपिएफका टिम क्याप्टेन नविन लामाले एपीएफको लागि दोस्रो गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रतामा लगेका थिए तर एपिएफको अग्रता पनि हिमालयनले धेरै समय टिक्न दिएन । शेर्पाका दद्या जोनियर वान्डाले खेलको ४० मिनटमा गोल गरि खेललाई बराबरी गराएका थिए ।
निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि गोल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा हिमालयन शेर्पा एपीएफसंग ४–२ को गोल अन्तरले विजयी भएको हो ।
मंगलबारको खेल अर्थात अन्तिम क्वाटर फाइनल खेल विरगन्ज युथ र नेपाल पुलिस क्लव बीच हुने खेल संयोजक सेतबहादुर पुनले बताए ।
नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा भएको राइनो संरक्षण गोल्ड कपको विजयी टिमले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
फाईनल खेल कार्तिक २९ गते हुनेछ ।