निशानामा देउवा

0

काठमाडौँ : कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्धमा शक्ति संघर्ष शुरु भएको छ। उनी स्वेच्छाचारी शैलीमा चेलेको ठान्दै सच्याउन दबाब दिन निरन्तर बैठक राखिएको छ। पछिल्लोपल्ट सोमबार विहान सुजाता कोइराला निवासमा भएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. रामशरण महतलगायत जुटे। तिनले नेतृत्वका कार्यशैलीको कडा आलोचना गरेका हुन्।




सभापति देउवा विधान र प्रक्रिया मिची अघि बढेको जिकीरसहति संयुक्त आवाज उठाउने तयारीमा उनीहरु लागेका छन्। तिनले महामन्त्री शसांक कोइरालाई यसमा दरिलो रुपले प्रस्तुत हुन सुझाएका छन्। केन्द्रीय सदस्य शेखर कोइरालाले दल पूरै कमजोर हुँदासमेत नेतृत्वले वास्ता नगरी आफ्नै ढंगले अघि बढेकाले चनाखो राख्न बहस आरम्भ गरिएको बताए। उनले बैठकमा भावि नेतृत्वबारे छलफलसमेत गरेको जानकारी दिए आजको अन्नपूर्ण पोष्टमा खबर प्रकाशित छ ।




सम्बन्धित
Loading...