मुख्यमन्त्रीद्वारा छठ पर्वको शुभकामना

0

कावासोती, २७ कात्तिक । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ ।
सन्देशमा छठ पर्वको अवसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु भनि उल्लेख गरिएको छ ।
नेपाल जातीय र सांस्कृतिक विविधताले रंगिएको मुलुक रहेको विभिन्न जाति र समुदायले मनाउने पर्व हाम्रा अमूल्य निधि भएको उल्लेख गर्दै समाजमा मनाईने पर्व र संस्कृतिले एकता, भातृत्व र मेलमिलापको वातावरण बनाइरहेका सन्देशमा उल्लेख गरिएको छ ।




शुभकामना सन्देश

छठ पर्वको शुभकामना सन्देश
मिति २०७५ कार्तिक २७
छठ पर्वको अवसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल जातीय र सांस्कृतिक विविधताले रंगिएको मुलुक हो । विभिन्न जाति र समुदायले मनाउने पर्व हाम्रा अमूल्य निधि हुन् । समाजमा मनाईने पर्व र संस्कृतिले एकता, भातृत्व र मेलमिलापको वातावरण बनाइरहेका छन् । कुनै समय कुनै समुदाय विशेषले मनाउने पर्व अहिले सबै नेपालीका साझा बन्दै जानु नेपाली समाजका लागि सुखद विषय हो । छठ पर्व पनि कुनै क्षेत्र र समुदाय विशेषको नभएर सबैको साझा बन्न पुगेको छ ।
ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । संविधानमा व्यवस्था भएअनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफलतापूर्वक सम्पन्न भई जनादेश अनुसारको नयाँ सरकार गठन भइ संविधान कार्यान्वयनको दिशामा मुलुक सफलतापूर्वक अघि बढिरहेको छ । व्यवहारिक रुपमा संघीयताको पूर्णतः कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा गर्न संकल्पित छौं । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं ।
समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।
अन्त्यमा, छठ पर्वको अवसरमा पुनः सबैमा हार्दिक शुमकामना ।




शंकर पोखरेल
मुख्यमन्त्री




सम्बन्धित
Loading...