बुलिगंटार गैंडाकोट सम्पर्क समाज गठन

0

नवलपरासी कात्तिक २७ गते । पूर्वी नवलपरासीमा बुलिगंटार गैंडाकोट सम्पर्क समाज गठन गरिएको छ ।
बुलिगंटार गाउँपालिकाबाट आएर गैंडाकोट नगरपालिकामा स्थायी अस्थायी रुपमा बसोबास गर्नेहरुको मंगलबार गैंडाकोटमा सम्पन्न बृहत भेलाले बुलिगंटार गंैडाकोट सम्पर्क समाज गठन गरेको छ ।
जिल्ला समन्बय समिति नवलपुरका प्रमुख चेसराम आले मगरको अध्यक्षता तथा उच्च अदालतका न्यायधीश धु्रबराज नन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पूर्व क्षेत्रीय निर्देशक खड्ग बहादुर कमालको संयोजकत्वमा १५ सदस्यीय बुलिगंटार गैंडाकोट सम्पर्क समाजको गठन गरिएको छ ।
समितिको सहसंयोजकहरुमा दुर्गाबहादुर मस्राँगी मगर, भगवान् घिमिरे, रेशमकुमार श्रेष्ठ चयन भएको छ भने सचिवमा राजु पुरी, सहसचिबमा बेलबहादुर दरै र कोषाध्यक्षमा पृथबहादुर रानामगर चयन भएका छन् । समितिको सदस्यहरुमा शेरबहादुर खाँण, राधा बस्ताकोटी, पार्वती राना चयन भएका छन् ।
यसैगरी भेलाले समाजसेवी कृण्ण घिमिरेको संयोजकत्वमा सात सदस्यीय सल्लाहाकार समिति पनि चयन गरेको छ ।
समितिमा धु्रबराज नन्द, होमराज रानाभाट,चेसराम आले मगर, शसिकिरण बस्ताकोटी, डोलराज पाण्डे र टंकप्रसाद माकिम चयन भएका छन् ।







सम्बन्धित
Loading...