दाल भात तरकारीको शुभ मुहूर्त

कावासोती । गत वर्ष सफल चलचित्र शत्रु गते टिमको नयाँ फिल्म दाल भात तरकारीको शुभ मुहूर्त गरिएको छ ।
बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको ६० औं जन्मदिनको अवसरमा चलचित्र दाल भात तरकारीको शुभ मुहूर्त गरिएको छ ।
मंसिर १ गतेबाट फ्लोरमा जाने फिल्मको मंगलवार कमलादीको गणेस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै मुहूर्त गरिएको थियो ।
अभिनेत्री स्वस्तिमा खड्कालाई रिप्लेस गरेर फिल्ममा भित्रिएकी अभिनेत्री आँचल शर्मा र अभिनेता पुष्पल खड्काले कार्यक्रममा मुहूर्त सट दिएका थिए ।
सुदन केसीले निर्देशन गर्ने फिल्म मह संचारको ब्यानरमा निर्माण हुन लागेको हो ।
किरण केसी प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन २ महिना सकिने निर्देशक केसीले बताए ।
फिल्ममा पुष्पल र आँचलका अलावा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, बर्षा राउतलगायतका कलाकारहरुको अभिनय रहनेछ ।


फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने छ ।
फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्मका गीत हरिवंश आफैंले लेखेका छन् ।
मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् ।
कविराज गहतराजको कोरियोग्राफी रहने दाल भात तरकारी मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेललगायत निर्मातामा छन् । फिल्मको मुहूर्त पश्चात् रेडियो अडियोको आँगनमा कलाकार हरिवंश आचार्यको बर्थडे सेलिव्रेसन गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *