सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा सुवेदी

6




कावासोती । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् ।
दीर्घ सोडारी पदमुक्त भएपछि कृष्णराज सुवेदीले मन्त्री पद पाएका हुन् ।
तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेश सांसद हुन् । सुवेदीलाई प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार पद तथा गोपिनियताको शपथ गराएका छन् ।
पदीय आचरण विपरित काम गरेको भन्दै सामाजिक विकासमन्त्रीबाट सोडारीलाई बर्खास्त गरिएपछि सुवेदीलाई नियुक्त गरिएको हो ।
सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मंगलबार साँझ प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख, मोहनराज मल्ल, सभाभुख अर्जुन थापालगायतको उपस्थिति थियो ।




सम्बन्धित
Loading...