राईनो गोल्डकपको उपाधि विमल घर्तीको च्यासल युथ क्लवको कब्जामा

0

अर्जुन अविरल
कावासाती, २९ कात्तिक ।




नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालन भएको राईनो संरक्षण गोल्ड कपको उपाधि विमल घर्ती मगरको च्यासल युथ क्लबले कब्जा गरेको छ ।
नेपाल पुलिस र च्यासल युथ क्बलबीच निक्कै प्रतिस्प्रधात्मक भएको खेलमा च्यासल ट्राबेकरमा ५–३ गोल अन्तरले विजयी भएको हो ।
विहीबार भएको फाइनल खेलमा नेपाल पुलिसका अभिषेक रिजालले पहिलो हाफको १० औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको भए पनि च्यासलका विक्रम लिम्बुले त्यसको ३ मिनेटमै गोल फर्काएर खेललाई बराबरीमा लगेका थिए ।
पहिलो हापको २१ औं मिनेटमा च्यासल युथ क्लब र दोस्रो हापको २३ औं मिनेटमा नेपाल पुलिस क्लबले आत्मघाती गोल गरेका थिए ।
निर्धारित समयसम्म खेल बराबरीमा सकिए पछि १४ मिनेट समय थप गरेर थप खेलखेलाइएको भए पनि उक्त समयमा कुनै पनि टिमबाट गोल नभई खेल ट्राइबेकरमा धकेलिएको थियो ।
ट्राईबेकरमा च्यासलको ५ र पुलिसको ३ गोल गरेका थिए । खेल अवधिभर नेपाल पुलिस क्लबका १ र च्यासल युथ क्लबले २ गरी ३ पहेंलो कार्ड पाएका थिए । प्रतियोगितामा ए डिभिजनका र विभागीय टिम गरी १२ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उपाधी बिजेता च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाएका छन् ।




तस्वीरः सावित्री रेग्मी

फाईनलमा पुगेका २ टिमलाई म्याच मनि प्रति खेलाडी १ लाखका दरले वितरण गरिएको खेल आयोजक संस्था नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए ।
एक सिंगे गंैडा संरक्षणका लागि गरिएको प्रतियोगिताको विजेता तथा उपविजेतालाई गण्डकी प्रदेश प्रमुख प्रतिपक्षि दलका नेता सांसद कृष्णचन्द्र नेपालीले वितरण गरेका थिए ।




सम्बन्धित
Loading...