शान्ति आधारभुत विधालय सेतापानीको धनधान्याञ्चलको तयारी पुरा

0

बिष्णु गौडेल
नवलपरासी (चोरमारा), १ मंसिर । 





अनाथ असाहाय अति विपन्न विधार्थिहरुलाइ आवासिय सेवा सुविधा सहित निशल्क शिक्षा दिने उद्धेश्यले शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा आयोजित शैक्षिक महोत्सवको तयारी पुरा भएको छ ।
जिल्लाकै नमुना विधालय वनाउने लक्षका साथ यहि मंसिर ३ गते सोमवार उद्घाटन हुने धनधान्याञ्चलको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । धनधान्याञ्चलका लागि विधालय प्राङगढमा यज्ञ स्थल निर्माण देखी मन्दिर तथा पंडाल निर्माणको काम सकिएको धनधन्यान्चल मुल आयोजक समितिका संयोजक सिद्धिमान खड्काले जानकारी दिनुभयो ।
यज्ञ स्थलमा स्थानिय सर्बसाधारणबाट जनश्रमदान गरि सरसफाई घरटहरा निर्माण तुल व्यानर व्यबस्थापनका कार्यहरु सकिएको छ। मध्यविन्दु नगरपालिका वडा नम्वर १ गाउभरि ध्वजा पताका लगाउने देखि विभिन्न चोक चोकमा गेट निर्माण,व्यानर तुल व्यवस्थापन लगाएतका कार्यहरु सकिएको शान्ति आधारभुत बिद्यालयका प्रध्यानाध्यापक ददिराम सापकोटाले जानकारी दिनुभयो । धनधान्याञ्चलको उद्घाटन यहि सोमवार विहान ११ वजे समाजसेवि बिष्णु कुमार कार्कि र प्रमुख वाचक चैतन्यकृष्ण महाराज जीले गर्नु हुने आयोजक समितीले जनाएको छ ।
शान्ति आधारभुत विधालयका लागि समाजसेवि बिष्णु कुमार कार्किले २ जना निजि स्रोतका शिक्षकलाइ तलव उवलव्ध गराइ सहयोग गर्दै आएको हुदा धनधान्याञ्चलको उद्घाटनका लागि उहालाइ नै प्रमुख अतिथी वनाइएको मुल आयोजक समितीले जनाएको छ ।
यज्ञ उद्घाटनको दिन सोमवार विहान विभिन्न जातजाति,कलासस्कृति र भेषभुषा सहित कलश यात्रा निकालिने जनाइएको छ । धनधान्याञ्चलको सम्पुर्ण आर्थिक गतिविधिलाइ पादर्शि वनाउन तिन तहमा हिसाव राख्ने व्यवस्था गरिएको सचिवालयका संयोजक काशिराम पाठकले जानकारी दिनु भयो ।
उक्त विधालयको धनधान्याञ्च सफल पार्न मध्यविन्दु नगरपालिकाका जनप्रतिनिधीहरु पनि जुटिरहेको वडा नम्वर १ का वडाअध्यक्ष लिलाराम थारु ले वताउनु भयो । अहिले विधालय प्राङगढमा आकर्षक ढंगवाट यज्ञ स्थलहरु निर्माण गरिदा गाउ नै सुन्दर देखिएको स्थानियले वताएका छन् ।
धनधन्यान्चलको प्रचारप्रसार देखि विभिन्न व्यक्तित्वहरु सग भेटघाटको क्रमलाइ निरन्तरता दिइएको जनाइएको छ । समाजमा रहेका अनाथ, असाहाय र अति विपन्न परिवारका बाबालिकालाई आवासीय सेवा सुविधा सहित नि –शुल्क शिक्षा प्रदान गर्ने, विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधारको विकास गर्ने उदेश्यले यज्ञ संचालन गर्न लागेको विद्यालयका प्रध्यानाध्यापक दधिराम सापकोटाले जानकारी दिनु भयो। दुइ सय ६५ जना विधार्थि अध्यनरत रहेको विधालयमा मात्र तिन जना शिक्षक दरवन्दीमा रहेको प्रधानाध्यापक सापकोटाले वताउनु भयो ।
सुकुम्वासि वस्तीमा रहेको विधालयमा अधिकाशं विधार्थि गरिव र दलित रहेका छन । निजि स्रोतका १० जना शिक्षक रहेको विधालयमा वार्षिक रुपमा १७ लाख व्यभार आन्तरकि स्रोतवाट व्यवस्थापन गर्नु पर्ने अवस्था रहेको जनाइएको छ । यज्ञमा प्रमुख वाचकका रुपमा चैतन्य कृष्ण गुरु महाराज जीले प्रवचन दिनुहुने छ ।




सम्बन्धित
Loading...