कति सम्भव छ विशाल नेपालको परिकल्पना

0 116







लेखकः काशीनाथ गैरे

नेपाल र भारतको सम्बन्ध धेरै पुरानो हो। सबै नेपाल भारतका विद्वानहरुले भन्ने गरेको कुरा हुन् । भू–धरातलीय सम्बन्ध निकै पुरानो मानिन्छ । आज वर्तमानमा नेपाल भारतका मानिसहरुले मान्दै आएको शैव धर्म अर्थात पछि चलन चल्तीमा हिन्दु धर्म भन्ने गरियो। आदिकालमा यस भेगका सबै मानिसहरु संस्कृत भाषा बोल्थे र शैव धर्म मान्ने गर्थे अर्थात शिवलाई मान्थे। यसको छोटकारी रुपमा उल्लेख गर्न उपयुक्त होला ।

आज भारतका कतिपय विद्वानहरु नेपाल भारत थियो र लुम्बिनी पनि भारतमा थियो भन्ने जस्ता गलत प्रचारहरु र अति भ्रमित विषय बनाएर जनतालाई गुमराहमा राख्न खोज्छन्। त्यसबेला नेपालको सिंजा भारत, बर्मा, थाइल्याण्ड, अरबीमुलुकहरु कतार, दुवई, इरान, इराक, बहराइन, आदि देश वा भूमि नेपालका सिंजा राजधानी जुन अहिले कर्णालीमा पर्दछ त्यहाँबाट सञ्चालित थिए र ति स्थानहरुको कुत अर्थात मालपोत ंिसजामा पठाउने चलन थियो । यसको अर्थ नेपाल भारतमा नभै नेपालबाट भारतीय सासित क्षेत्र भारतीय भूमि थियो र भारत भन्ने अलग राष्ट्र त्यति बेला भैसकेको थिएन, भारतीयहरु र नेपालीले बुझ्न पर्ने कुरा के छ भने अहिलेको भारतीय मुलुकमा तत्कालिन नेपालबाट सासन चल्थ्यो ।

जब कर्णाली क्षेत्रको उत्तरमा रहेको मानसरोवर कैशाल पर्वतमा शिवले तपस्या गर्थे र उक्त क्षेत्र पनि शासकीय हिसावले पनि नेपालमा पर्दथ्यो । शिवको आश्रम रहेको उक्त आश्रमबाटै तपको शिद्ध गरी आफू रुप बदल्न सक्ने र अन्तरध्यानबाट जुनसुकै स्थान प्रस्तुत हुन सक्ने क्षमताका शिव भएकाले यसै क्षमताका आधारमा उनको राज्य विस्तार भारतको सबै भूभाग, वर्मा, भुटान, थाइल्याण्ड तथा अरबी मुलुकहरु साउदी, दुवई, कतार, सयुक्त अरब इमिरेष्ट लगायतका भूभागमा शिवको शासन चल्थ्यो। यसका प्रमाणहरु विभिन्न स्थामा तत्कालिन प्राकृत भाषा र संस्कृति भाषामा लेखिएका शिलालेखहरुबाट प्रमाणित हुन्छ । हिजो भारत पनि नेपाली भूमिबाट सञ्चालित थियो भन्ने इतिहास साक्षी छ ।

आज भारतका कतिपय विद्वानहरु नेपाल भारत थियो र लुम्बिनी पनि भारतमा थियो भन्ने जस्ता गलत प्रचारहरु र अति भ्रमित विषय बनाएर जनतालाई गुमराहमा राख्न खोज्छन्। त्यसबेला नेपालको सिंजा भारत, बर्मा, थाइल्याण्ड, अरबीमुलुकहरु कतार, दुवई, इरान, इराक, बहराइन, आदि देश वा भूमि नेपालका सिंजा राजधानी जुन अहिले कर्णालीमा पर्दछ त्यहाँबाट सञ्चालित थिए र ति स्थानहरुको कुत अर्थात मालपोत ंिसजामा पठाउने चलन थियो । यसको अर्थ नेपाल भारतमा नभै नेपालबाट भारतीय सासित क्षेत्र भारतीय भूमि थियो र भारत भन्ने अलग राष्ट्र त्यति बेला भैसकेको थिएन, भारतीयहरु र नेपालीले बुझ्न पर्ने कुरा के छ भने अहिलेको भारतीय मुलुकमा तत्कालिन नेपालबाट सासन चल्थ्यो ।


तत्कालको अवस्थामा अरवियन मुलक नेपाली भूमिबाट शासित थिए । ती अरबी भूमिलाई पाताल पनि भन्ने गरेको पाइन्छ । यि त भए ऐतिहासिक तत्थहरु जब १९४७ मा अंग्रेजबाट स्वतन्त्र भयो तब भारतीय नेताहरुमा अहंकार बढ्यो । भारतीय क्षेत्रका आसपासमा रहने राज्यहरु नेपाल, श्रीलंका, माल्दिभ्स, भुटान, सिक्किममा भारतको गिद्धे दृष्टी हुन थाल्यो। त्यसैको स्वरुप शान्ति क्षेत्र नेपालमा वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएर सीतामाताको मन्दिर, मुक्तिनाथमा पूजा अनि पशुपति नाथमा पूजा गरेर आफ्नो आडम्बरी आवरण र आत्मीय सन्तुष्टी गरेर गएको देखिन्छ।
स्मरणीय कुरा के छ भने २०७१/०७२ मा नेपालको संविधान बनाउन भारतीय मन्त्री स्तरीय प्रतिनिधि पठाएर आदेश दिए साथै उक्त संविधान नेपाली जनताले सार्वभौम, स्वतन्त्र, अभिभाज्य, लोकतान्त्रिक गणतन्त्रको अधिकार अनुसार नेपालको संविधान बनाइ सकेपछि नेपाललाई नुन, तेल, खाद्यवस्तु जस्ता अत्यन्त दैनिक जीवनमा उपभोग्य अपरिहार्य वस्तु रोकेर नेपाल नेपालीहरुलाई कष्टकर जीवन विताउन बाध्य गरायो । संविधान बन्यो, केही गर्न सकिएन भनेपछि मधेष केन्द्रित दलहरुलाई उस्काएर संविधानको संशोधन गराउन, आन्दोलन गराउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपले भारतीय पक्षबाट नै मधेष केन्द्रित दलहरु सञ्चालित रहेको र मोदी आउँदा पनि नेपालको २ नम्बर प्रदेशको मुख्यमन्त्रीले नेपालको संविधान संशोधनको बारेमा भारतीय स्वागत भाषणमा उतैतिरबाट भन्न लगाइयो । त्यसको प्रमाण समेत प्राप्त भएको छ। अब मोदीले नेपालसंग धम्काएर होइन फकाएर लुट्नु पर्छ भन्ने अभिप्रायले मोदी अत्यन्त नाटकीय ढंगले भारतको विदेश मन्त्री शुष्मा स्वराजलाई नेपाल पठाएर नेपालसंग राम्रो सम्बन्ध गास्न चाहेको कुरा व्यक्त गरे।
अतः प्रत्यक्ष होस् अप्रत्यक्ष रुपमा भारतीय शासकले नेपालमा शान्ति भएको देख्न चाहाँदैन भन्ने पुष्टि हुन्छ । त्यसको उदाहरण नेपालका तत्कालिन माओवादी कहाँबाट हतियार ल्याउँथे कहाँ बस्थे, पार्टी हेडक्वाटर युद्ध ताका कहाँ थियो भन्ने कुरा अध्ययन गरे पुग्छ ।
जुन बेला महाकाली पञ्चेश्वर सम्झौता भएको थियो। सम्झौतामा भने जस्तो गरेको भए आज नेपालमा विद्युतको लोडसेडि· १० बर्षदेखि हुने थिएन । नेपालको आर्थिक स्थितिमा एउटा इट्टा थपिने थियो । त्यो आयोजनाबाट प्राप्त हुने बार्षिक आय अरबौं रुपैयाँले नेपालको आर्थिक अवस्थालाई उचाईमा पुर्याउन ठूलो योगदान दिने थियो ।

अन्तत्वगोत्वा भारत र नेपालको सम्बन्ध छिमेकी मुलको हैसियतमा दुवै स्वतन्त्र, सार्वभौम अविभाज्य, गणतन्त्रात्मक, लोकतान्त्रिक मुलुक भएकोले एक अर्कालाई हेर्ने दृष्टिकोण समान रहनु पर्छ । तर यसो भन्दा भन्दै भारतीय पक्षबाट सबै नेपाल र नेपालीप्रति हेपाहा प्रवृत्ति रोकिएको छैन। मोदी नेपाल आउनुभन ४ दिन अगाडि भारतीय सेनाले नेपाली भूमिमा नेपालीहरुले काम गरिरहेको अवस्थामा अवरोध खडा गरेका थिए । नेपालीलाई दुःख दिएकोमा भारतले माफी माग्नु पथ्र्यो मागेन । उल्टै कोशीनदीको सम्झौता गराउन सफल भयो । यहाँ हाम्रा नेता फेरि चुके ।
उपरोक्त सबै कुराको समाधान के हो त ?
१) अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार नेपालको भूभाग, जति अतिक्रमण भएको छ, त्यो सबै फिर्ता ल्याउन, अन्तर्राष्ट्रिय न्यायालय जान परे पनि जाने ।
२) हाम्रो नेपाल भारत बीचका पुराना सीमा स्तम्भहरु खोज्नु अगावै कहाँ कति भूमि मिचिएको छ त्यो यकिन गरी कायम गर्ने,
३) औचित्य हिन सुगौली सन्धीको पुनावलोकन गरी नयाँ सम्झौता गर्ने ता कि नेपालको गुमेको भाग प्राप्त होस्। सीमा निर्धारण सम्बन्धमा जति समय लागोस तर निरन्तर लागि रहनु पर्दछ । बेलायतले चिनलाई हङकङ फिर्ता दियो भने हाम्रो नेपालको भूभाग विहारको केही भाग, गोरखपुर, लखनउ, देहरादुन, हरिद्वार, उत्तराखण्डको गढवाल क्षेत्र, कांगडा सम्मको भूभाग वृटिस र भारतको सहमति जुटाएर नेपाल फर्काउन जरुरी छ । ग्रेटर नेपालको परिकल्पना त्यति सजिलो छैन । नेपालको गुमेको भूमि सजिलोसंग फर्किन्न थाहा छ । वृटिश लाइब्रेरी वा संग्राहलयबाट तथ्य प्रमाणहरु पत्ता लगाउनु पर्छ । त्यसको आधारमा सहमतिका लागि प्रयास गर्ने र केही सीप नलागे अन्र्तराष्ट्रिय न्यायालय हेगमा अपिल गर्नुपर्छ ।
४) यसरी सीमांकन भैसकेपछि नेपाल भारतको बीच पुरै पर्खाल लगाउनु पर्छ । जसरी जहाँबाट स्रोत जुटाए भए पनि । त्यति गरिएन भने पुन अतिक्रमण शुरु हुन्छ ।

You might also like
Loading...