नेकपा देश विकासको लक्ष्य लिएको एकमात्र पार्टी भएको प्रचण्डको दावी

0 18







चितवन, ६ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी रहेको दावी गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २१ मा बिहीबार बिहान नेपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो दावी गरेका हुन् ।
उनी बुधबारदेखि चितवनमा रहेका छन् । बुधबार उनले साझापुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई गर्दै शिक्षामा व्यापारीकरण बढ्ने खतरा बढ्दै गएको बताएका थिए ।
बिहीबार बिहान नै भरतपुर महानगरपालिका वडा नम्बर २४ को भवन उदघाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने आश्वासन दिए ।
उनले पाँच वर्षभित्र चितवन जिल्लाका सबै बाटाहरु पिच गर्ने दाबी गरे ।

You might also like
Loading...