पदिय आचरण विपरित कार्य गर्ने प्रधानाध्यापक बर्खास्त

0

नवलपुर, ७ मंसिर ।




पूर्वी नवलपरासीको बुलिङ्गटारको बालमन्दिर प्रथामिक विद्यालयका प्रधानाध्यापक निरोज बस्ताकोटी प्रधानाध्यापकबाट बर्खास्त भएका छन्र ।
आज शिक्षा विकास तथा समन्वय ईकाई नवलपरासी बर्दघाट सुस्ता पूर्वले उनलाई वर्खास्त गरेको हो ।
उनले पदीय आचरण विपरित कार्य गरेको र उनीसंग स्पष्टिकरण लिँदा चित्तबुझ्दो जवाफ नआएको कारण वर्खास्त गरेको शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख कृष्ण चन्द्र पोख्रेलले बताए ।
उनले शिक्षकमा रहँदा गरिने पदीय मर्यादा तथा आचरण विपरित कार्य गरेको पाइए शिक्षकबाट पनि वर्खास्त गर्ने कार्यालयले जनाएको छ ।
उनको स्थानमा उक्त विद्यालयका वरिष्ठ शिक्षक दामोदर देवकोटालाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ ।




सम्बन्धित
Loading...