थ्रेसरमा कपडा लटपटिदा बालिकाको मृत्यु

0

सांकेतिक तस्वीर



दाङ, मंसिर ८ । धान झाट्न प्रयोग गरिएको थ्रेसर मेसिनमा परेर दाङमा एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मजगाउँ निवासी ७ बर्षीया विपना चौधरीको धान झाट्न प्रयोग गरिएको थ्रेसर मेसिनमा परेर मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले शुक्रवार राति सवा ९ बजेतिर लु २ त ५७२८ नम्बरको ट्याक्टरमा धान झाट्न प्रयोग हुने थ्रेसरको पंखामा ७ चौधरीले लगाएको कपडा लटपिटएर गम्भीर घाइते भएकी थिइन ।




राति नै उनलाई तुलसीपुरस्थित राप्ती अंचल अस्पतालमा उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुर तर्फ रेफर गरिएको थियो । तर त्यहाँबाट पनि थप उपचारको लागि भारतको लखनउ हस्पिटलमा रेफर गरिएपछि ७ बर्षीया विपना चौधरीको त्यहाँ लैजाँदै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।




सम्बन्धित
Loading...