समाजबाद र समाजबादी शिक्षाको बाटो

समाजबाद एउटा यस्तो राजनैतिक आर्थिक व्यवस्था हो जहाँ मुलुक को अर्थतन्त्रको पूर्ण स्वामित्व सरकारमा निहित हुन्छ , र समाजवादमा समाजको आर्थिक एवं भौतिक साधनहरु संगठित गरि मानब संशाधन द्वारा त्यसको नियन्त्रण गर्दै गतिशील रुपमा उत्पादन र न्यायोचित वितरण गरि बर्गरहित, आधुनिक र बैज्ञानिक समाजको स्थापना गरिन्छ, र मार्क्सबादी सिद्दान्त अनुसार मानब समाज साम्यबाद सम्म पुग्नको लागि पार गर्नुपर्ने एक खुड्किलो बैज्ञानिक समाजबाद हो, र नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने बिपी कोइरालाको समाजबादी चिन्तन, मदन भण्डारीको जबज अनि प्रचण्डपथ हुदै २१ औ शताब्दीको जनबाद को साझा बिन्दु बैज्ञानिक समाजबाद हो, र फलतस् नेपालको संबिधान २०७२ ले समाजबादी राज्यको परिकल्पना गरेको छ र मुलुक संविधानतः त्यस तर्फ अग्रसर भैसकेको छ, र
शिक्षा मानब संशाधन उत्पादन को आधार हो र समाजवादी शिक्षाको मुख्य बिशेषता भनेको उत्पादन र श्रम संग प्रतक्ष्य रुपमा जोडिनु हो यो अबधारणा १९ औं शताब्दीमा कार्ल मार्क्सले “पोलिटेक्निकल एजुकेसन” को रुपमा अघि सारेका थिए जसमा उनले शिक्षा लाइ वास्तविक उत्पादन संग जोड्दा बौद्धिक र शारीरिक श्रम बिचको भिन्नता कम हुने र शिक्षाको बास्तबिकता स्पष्ट हुने प्रस्ट्याएका छन्, र मार्क्सका अनुसार सामुहिक उत्पादन मा जोड दिई उत्पादनको न्यायोचित र समतामुलक वितरण समाजबाद को प्रमुख ध्येय हो, र
नेपालमा यतिखेर आर्थिक हैसियतका आधारमा पढाई हुने ब्यवस्था बिध्यमान छ अनि शिक्षा नीति अस्पस्ट छ, र यस्तो अस्पस्ट शिक्षा नीतिका कारण फरक मनोबिज्ञान, फरक दृष्टिकोण र व्यक्तिवादी विचारधाराका जनशक्तिको उत्पादन भईराखेको छ, र देशको पुजिवादी शक्तिको हालिमुहाली को उपज बिद्यार्थी हरुमा अपुरो शिक्षा प्रदान गरिदैछ, र मुलुकको पिछौडापनको प्रमुख कारण यस्तो जनशक्ति द्वारा सिर्जित नीतिगत, आर्थिक तथा सबैखाले अनियमितता हुन्, र
आधुनिकता, राष्ट्रियता, जनवाद र सामूहिक एकता समाजवादी शिक्षाका आदर्श हुन् । समाजवादी शिक्षाले व्यक्तिवादी सोच र स्वार्थीपनाको अन्त्य गर्दै विद्यार्थीहरुमा सामूहिक भावनाको विकास गर्न सिकाउँछ, र समाजवादी शिक्षाको अर्को महत्वपुर्ण आयाम भनेको “जीवनका लागि शिक्षा” र “जिउनका लागि शिक्षा” हो , र अहिलेको शिक्षा प्रणाली अनुसार न त हामी जीवन लाइ बुझ्न सकिरहेका छौ, न त जीवन जिउन सक्ने बनेका छौ तसर्थ जीवन र जीविकोपार्जनका लागि समाजवादी शिक्षा नितिको अपरिहार्यता प्रस्ट छ, र समाजमा श्रम प्रति सम्मान गर्ने, अधिकार प्राप्तिका लागि संघर्ष गर्न सक्ने, कर्मप्रति उत्तरदायी नागरिक उत्पादन गर्नका निम्ति समाजबादी शिक्षा को आबश्यकता छ, र बर्तमान समाजमा श्रम बिभाजनबाट बनेको तँ , तिमि , तपाइँको वर्ग हटाउनु समाजबादी शिक्षा को मुलभुत उदेश्य हो ्र त्यसैगरी बढ्दै गएको श्रम र शिक्षा बिच को दुरी घटाउन उत्पादनमुखी प्राविधिक बिश्वबिध्यालय हरु निस्वार्थ ढंग बाट चलाउन जरुरि छ, र बिश्वबिध्यालय हरुको पाठ्यक्रममा श्रम लाइ पनि समाहित गर्नै पर्छ र समयसापेक्ष अनुसन्धान का कार्यक्रम हरु प्रभावकारी ढंगले चलाउनु का साथै यसको बिश्वब्यपिकरण गरिनुपर्छ, र यसका साथै शिक्षाको पूर्ण भार राष्ट्र ले लिई संविधानतः संरक्षित हक को निमित्त शिक्षा अनिबार्य र निशुल्क गरिनु पर्छ , र
समाजवादी शिक्षाको मुल मन्त्र भनेको सर्भसुलभ र समान शिक्षा हो र यसको प्राप्ति को एउटै माध्यम भनेको बर्तमान शिक्षा नीति बिरुद्द को संघर्ष हो, र संबिधान ले नै देखाएको बाटो भन्दा बाहिर गएर निजि शिक्षालय संचालन गर्न प्रशय दिने क्रान्तिकारी खोल ओढेका पूंजीवादी सोच हरु लाइ निस्तेज गर्न सक्नु नै समाजबाद प्राप्तिका लागि सबैभन्दा ठुलो उपलब्धि हुनेछ, र
हिजो सामन्तबाद अन्त्य गर्न जसरि जनबादी शिक्षा, स्पस्ट बिचारधारा अनि जनयुद्ध आवश्यक थियो त्यसै गरि आज दलाल पुजिबाद को अन्त्यका निमित्त समाजबादी शिक्षा, त्यस्तै स्पष्ट बिचारधाराको आवशयकता छ जुन अहिलेको नेतृत्वले दिन सक्नैपर्छ, र तसर्थ मुलुकको शिक्षा क्षेत्रमा मौलाएका निजीकरण बिरुद्ध डटेर खटेर लाग्नुपर्ने आवश्यकता छ ,अनिमात्र समाजबाद र समाजबादी शिक्षा तर्फ मुलुकले चाहेजस्तो प्रगति हासिल गर्नेछ अन्यथा समाजवाद संबिधानमा मात्र सिमित नहोला भन्न सकिन्न ।

सुदिप रेग्मी

कृषि तथा बन विश्वविद्यालय
छैठौं सत्रान्त

340 Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *