नेपाल मगर संघको पहिलो जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम कावासोतीमा सम्पन्न

6 84







कावासोती ८ मंसिर । पुर्वी नवलपरासीको नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा नेपाल मगर संघको पहिलो जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ ।

मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण सम्बद्र्ध्धन मगरहरुको मुलमन्त्र , मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नाराको साथ भएको नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको पहिलो जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाल मगर संघ बर्दघाट सुस्ता पुर्वका अध्यक्ष इन्द्र बहादुर फाल मगरको अध्यक्षयता, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नवीन रोका मगरको प्रमुख अतिथ्यता र नेपाल मगर संघका केन्द्रिय सल्लाहकार झक बहादुर घर्ती मगरको बिशेष आतिथ्यता रहेको थियो ।

पहिलो जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा बर्दघाट सुस्ता पुर्व नवलपरासीका ४ नगरपालिका ४ गाउँपालिका अन्तरगत रहेका विभिन्न नगर समीती गाउ समीति तथा वडा समीति का मगर संघ सगठनहरुका प्रमुख एवं प्रतिनिधिहरु करिब ५ सय जनाको सहभागिता रहेको पहिलो जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमको सहजीकरण नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नवीन रोका मगर, नेपाल मगर संघ केन्द्रिय सल्लाहकार झक बाहादुर घर्ती मगरले गर्नु भएको थियो ।

सो कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति बर्दघाट सुस्ता पुर्वका वरिष्ठ उपाध्यक्ष मेख बहादुर सारु मगरको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रममा नेपाल मगर संघ बर्दघाट सुस्ता पुर्वका सल्लाहकार बाबुराम राना, नेपाल मगर संघ बर्दघाट सुस्ता पुर्वका कानुनी सल्लाहकार तिल बहादुर झेडी मगर, सल्लाहकार भुवन आले, सल्लाहाकार कर्णेल धन बाहादुर मास्की राना मगर, केन्द्रीय सदस्य लिला राना मगर, राम बाहादुर थापा मगर, लगाएतले मगर एकतामा जोड दिई लाग्नु पर्ने भन्नुहुदै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

You might also like
Loading...