सचिवविहीन बुलिङ्गटार

5 27







कावासोती। नवलपुरको बुलिङटार गाउँपालिका एक बर्षदेखि सचिवबिहीन बनेको छ। गाउँपालिकामा रहेका वडा कार्यालयमा एक वर्षदेखि सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ।
गाउँपालिकामा छ वडा छन्। छ वटै वडामा एक वर्षदेखि सचिव भने छैनन्। वडासचिव नहुँदा वडाबाट हुने काम प्रभावित हुने गरेका छन्। नवलपुरको विकट पहाडी क्षेत्रमा रहेको यस गाउँपालिकामा वडासचिव नहुँदा स्वास्थ्यका कर्मचारीको सहयोग लिएर काम गर्दै आएको गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीले जानकारी दिए। उनका अनुसार पंजिकाको काम स्वाथ्यका कर्मचारीसँग सहयोग मागेर गर्दै आएका छौँ, अध्यक्ष बास्तोकाटीले भने, ‘नियमित रूपमा बस्ने वडासचिव भएजस्तो काम हुँदैन यसले समस्या सिर्जना भएको छ ।’
वडामा सचिव नहुँदा स्थानीयबासीलाई समस्या भएको आफूले महसुस गरे पनि वडासचिवको व्यवस्थापन हुन नसक्दा समस्या पर्दै आएको अध्यक्ष बास्ताकोटीले बताए। वडासचिवको व्यवस्थापनका लागि जिल्ला समन्वय समिति कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायसँग पटकपटक आग्रह गर्दा पनि कर्मचारीको व्यवस्थापन हुन नसकेको उनले बताए।
पहाडी विकट क्षेत्र भएकाले कर्मचारी कामका लागि आउन नखोज्ने र सम्बन्धित निकायले समेत चासो नदिँदा समस्या सिर्जना भएको अध्यक्ष बास्ताकोटीले बताए । – रासस

You might also like
Loading...