नागरिकलाई अनिवार्य सूचना दिनुपर्छ : प्रमुख आयुक्त बास्कोटा

गैँडाकोट, ९ मंसिर । राष्ट्रिय सूचना आयोगका प्रमुखआयुक्त कृष्णहरि बास्कोटाले सार्वजनिक नियकाले अनिवार्य रुपमा नागरिकलाई सूचना दिनुपर्ने बताउनुभएको छ ।
सार्वजनिक निकायसँग आम नगारिकले लिखित रुपमा मागेको सूचनालाई लुकाउन नहुने उल्लेख गर्दै बास्कोटाले नागरिकको सूचनाको हकलाई संविधानले नै सुक्षित गरेको बताउनुभएको हो । आइतबार भरतपुर महानगरपालिकाले आयोजना गरेको संस्थागत सुशासन र वित्तीय प्रबन्ध विषय कार्यशाला गोष्ठीमा प्रमुख आयुक्त बास्कोटाले सार्वजनिक निकायले नागरिकलाई सूचना दिना ढिलाई गरेमा कारबाहीको भागी हुनुपर्ने समेत बताए । नागरिकले सरकारी तथा गैरसकारी संघसंस्थासँग सूचना माग गर्दा दिने निवेदन, उजुरी वा पुनरावेदनको सूचनामा कुनै पनि शुल्क नलाग्ने बास्कोटाको भनाइ छ ।
महानगरको समृद्धिका लागि आर्थिक सुशासन हुनुपर्ने जोड दिँदै बास्कोटाले भरतपुर महानगरपालिकाले खाद्यान्न, हरियो तरकारी, फलफूल, माछामासु तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने गरि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । सो कार्यक्रममा कर एवम् वित्तीय विज्ञ डाक्टर रुप खड्काले महानगरपालिकाले करको शुक्लमा वृद्धि गर्न भन्दा पनि नगरबासीलाई मर्का नपर्ने गरि करको दायरा बढाउनुपर्ने बताउनुभयो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *