दुखद खबरः झापामा घर जल्दा एकै परिवारका चारको मृत्यु

0 49







झापा । झापाको शिवसताक्षी नगरपालिका–७ को लालझोडामा आइतबार राति भएको आगलागीमा तीन महिनाका एक नाबालकसहित एकै घरका ४ जनाको जलेर मृत्यु भएको छ ।

राति करिव साढे १० वजे लक्ष्मण खनालको घरमा भएको आगलागीमा खनाल परिवारकै मृत्यु भएको हो । दन्किरहेको आगो देखेपछि निभाउन स्थानीयहरु गएपनि लक्ष्मणसहित उनका परिवारका सवै सदस्यलाई बचाउन सकेनन् ।

शिवसताक्षी नगरपालिका– ७ का वडाध्यक्ष नविन इजमका अनुसार ३ महिने नावालक शिशु टिकाराम खनाल, ४ वर्षका सुप्रिया चन्द्र खनाल र लक्ष्मणकी श्रीमती ३० वर्षीया राधिका खनालको मृत्यु भएको छ ।

मृतक सबैको लास नचिनिने गरी जलेको अध्यक्ष इजमले बताए । शिवसताक्षी नगरपालिकामा वारुण यन्त्र छैन । दमक नगरपालिका वाट आगो निभाउन गएको दमकल क्षती भइसकेपछि मात्र पुगेको थियो ।

राति घटना भएका कारण विहान स्थानीय सरकारका प्रमुखहरु र जिल्लाका सुरक्षा निकायका प्रमुखहरु घटना स्थलतर्फ गइरहेको प्रहरी प्रमुख एसपी भीम ढकालले बताए ।

You might also like
Loading...