कावासोतीमा फोहोरको थुप्रो बढ्दै

कमला राना मगर

दिर्घकालिन डम्पीङ साइट नहुदा कावासोति नगरपालिका वडा नम्बर ८ मा फोहरको थुप्रो बढदै गइरहेको छ । नगरबासिले जथाभावि फोहर फाल्दा वडा नम्बर ८ स्थीत जगल छेउछाउको बाटोमा हिडन नहुने अवस्था सिर्जना भएको छ ।

नवलपुर जिल्ला प्रहरी कार्यालय देखि पुर्व र नवलपुर अस्पताल देखि दक्षीण जाने जंगल छेउको बाटो यतिवेला फोहर फाल्ने डम्पीङ साइट बनेको छ ।

बाटो वरपर फालिएका फोहरका कारण हिडन नसक्ने अवस्थामा पुगेको स्थानिय बासि मनबाहादुर गुरुङले बताउनुभयो । त्यस्तै नियमति विद्यालय आउने जाने विद्यार्थीहरुको लागी झनै सास्ती भएको शिव माध्यमिक विद्यालयकी विद्यार्थी आकृति सिग्देलले बताइन ।

जंगली जनावरले कुहीएका फलफुल देखि अन्य खानेकुरा, कपडा, प्लास्टीक, सिसा तथा बोतल बाटो वरपर तत्रतत्र छरीदिदा विद्यालय आउन जान समेत ज्यादै समस्या भएको सिग्देलले दुखेसो पोखिन ।

विहान विद्यालय निस्कदा नाक नछोपि हिड्ने अवस्था नभएको बताउदै सिग्दलले फोहर खान आउने जगली जनावरले अक्रमण गर्ने हो की भन्ने डर समेत रहेको बताइन ।

बाटो वरपर बोरामा फालिएका फोहरका कारण एकातिर दुर्गन्ध फैलिएको छ भने अर्कोतिर जंगली जनावर समेत घर घरमै आउने क्रम बढेको वरपरका स्थानिय बासीले गुनासो गरेका छन ।

रातको समयमा मोटर साइकल तथा रिक्सामा नगरपालिकाको विभिन्न स्थानमा रहेका पसल, होटल, तथा घरबाट निस्कने फोहर ल्याइ त्यस बाटोको वरपर फाल्ने गरेको पाइएको स्थानिय मन बाहादुर गुरुङले बताउनुभयो ।

प्mोहर लिएर आएको रिक्सा तथा मोटर साइकललाइ धेरै पटक नियन्त्रणमा लिइ कारबाहि गरेको भएपनि फोहर फाल्ने काम नरोकिएको बताउनुहुदै गुरुङले नगरपालिकाले छिट्टै डम्पीङ साइटको व्यवस्था गरी समास्या समाधान गर्नुपर्ने बताउनुभयो ।

केही समय अगाडी कावासोति नगरपालिका वडा नम्बर ८ को फोहर मनकामना सामुदायीक वनमा खाल्डो खनि व्यवस्थापन गरेको भएपनि खाल्डो भरिएपछि फोहर उठन छोडेको वडा नम्बर ८ का अध्यक्ष आनन्द गुरुङले बताउनुभयो ।

वडा को फोहर वडामै व्यवस्थापन गर्नको लागी पहल भैरहेको बताउनुहुदै वडा अध्यक्ष गुरुङले छिट्टै समस्या समाधान हुने आश्वासन दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *