रोल्पामा मंंगोलको जिल्ला संगठन

रोल्पा, १० मंसिर । रोल्पामा मंगोल नेशनल अर्गनाइजेशन (डा. गोपाल गुरुङ) को संगठन विस्तार भएको छ ।
सोमबार नेपालको पश्चिम क्षेत्र रोल्पामा मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम पश्चात जिल्ला सभा रोल्पा, युवा सभा रोल्पा, विद्यार्थी संगठन रोल्पा गठन भएको हो ।
लाल चन्द्र थापामगरको संयोजकत्वमा रोल्पा तदर्थ जिल्ला सभा, नगेन्द्र घर्तिमगरको संयोजकत्वमा विद्यार्थी संगठन र सुन्दर घर्ती मगरको संयोजकत्वमा युवा सभा रोल्पा गठन भएको हो ।

कार्यक्रममा केन्द्रिय प्रबक्ता तुलबिर दर्लामी, अतिथि केन्द्रिय सदस्य जय सारु मगर, पाल्पा युवा सभा अध्यक्ष बिमल रानामगर, पाल्पा जिल्ला युवा सचिव प्रकाश पल्ली मगर र पाल्पा जिल्ला युवा सदस्य मोहन रानामगर लगायतको सहभागिता रहेको थियो ।
प्रवक्ता तुलबिर दर्लामी मगरले बुद्ध जस्तै बुद्धिमान भएर मुलबासी मंगोलको हक अधिकारको लागी एक भएर लाग्न आव्हान गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *