आदिवासी जनजातिका मुद्धामा प्रतिबद्ध छौ – डा. गुरुङ

0




बर्दघाटः आदिवासी जनजाति अगुवाहरुले आदिवासी जनजातिका अधिकार र पहिचान सहितका मुद्धामा प्रतिबद्ध आफुहरु प्रतिबद्ध रहने बताएका छन् ।
मंगलवार नेपाल आदिवासी जनजाति महासंघ बर्दघाट नगर समितिले आयोजना गरेको बिशेष अन्तरक्रियामा बोल्दै अगुवाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अभियन्ता डा. ओम गुरुङले पहिचानका मुद्धामा एकताबद्ध भएर अगाडि बढने समय आएको बताए ।
त्यस्तै अर्का अगुवा अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राईले शासकीय जातिहरुले पहिचानको मेटने गरी अगाडि बढेकोले संर्घषको बिकल्प नरहेको बताए । उनले राणा पञ्चायत र हरेक शासकका बिरुद्ध जनजातिहरुलाई दलहरुले प्रयोग गरेको बताउदै तर संबिदानमा भने आफुहरुको मागलाई उपेक्षा गरिएको बताए ।
कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ बर्दघाट नगर समितिका उपाध्यक्ष इन्द्र रानाको अध्यक्षता सचिव धनबहादुर गुरुंगको संचालनमा भएको कार्यक्रममा स्थानीय पत्रका प्रबन्ध निर्देशक रवि पाण्डेले शुभकामना मन्तब्य राखेका थिए ।




सम्बन्धित
Loading...