लक्ष्मणको शव चारदिन पछि फेला पर्यो

दाङ, मंसिर १२

चारदिन पहिले तालमा डुवेका एकजना किशोरको बुधवार विहान फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १८ वर्षीय लक्ष्मण डिसी आइतबार दिउँसो घोराही १७ गुलरिया स्थित तालमा डुवेका थिए । उक्त कृतिम ताल गतसाल मात्रै उपमहानगपरपालिकाले निर्माण गरेको थियो ।

बुधवार विहान सवा ८ बजेतिर हिलोमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए । डिसीको खोजीको लागि विहानै पानीमा पसेका तीन जना प्रहरीले डिसीको शव निकालेको प्रवक्ता घर्तीले बताए ।

तालमा डुवेका डिसीलाई यसअघि नेपाली सेना, प्रहरी लगाएत स्थानीयहरुले खोज्दापनि फेला पार्न नसकेपछि कुलिनटार बाट गोताखर समेत बोलाएर खोजी भएको थियो । मंगलवार दिनभर खोज्दापनि गोताखरले शव फेला पार्न सकेका थिएनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *