त्रिभुवन माबिमा जारी महायज्ञको दोस्रो दिनसम्म झन्डै ६० लाख संकलन

बिज्ञान बिषयको भवन शिलन्यास

बिजय चालिसे 

मङ्सिर, १२, कावासोती  

त्रिभुवन बाल माबी कावासोती १७ ढोकीमा जारी धनधान्याचल ज्ञान महायज्ञमा नगद र भुमी दान गर्ने दानबिरहरुको संख्या बढ्दै गएको छ ।

महायज्ञको दोस्रो दिनसम्म ५७ लाख ७७ हजार ७ सय ९४ रुपैयाँ संकलन भएको आर्थिक उपसमिती सयोजक हरिशन्कर पराजुलिले जानकारी दिनुभयो । बिद्यालयमा आयोजित महायज्ञमा माया काफ्लेको स्मृतिमा काफ्ले परिवार अभिवनबाट झन्डै ८ लाख बराबरको भुमी दान भएको छ ।

त्यसैगरी साबित्रा पोखरेल,सीता गैरे,टिकामायाको परिवारले लिलाबल्लभ पोखरेलको स्मृतिमा ३ लाख बढी मूल्य पर्ने भुमिदान गर्नुभएको छ । यस्तै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ७ लाख ११ हजार १ सय ११, बिद्यालयका सस्थापक परिवारको तर्फबाट दिपकेश्वर अमात्यले ५ लाख ५ हजार ५ सय ५५ र सयपत्री आमा समूह बभनौलीबाट १ लाख २७ हजार ५ सय ५५ रुपैयाँ प्रदान भएको आर्थिक उपसमिति संयोजक पराजुलिले बताउनुभयो ।

महायज्ञमा बिद्यालयका सस्थापक स्वर्गीय हेमराज अमात्य र गुन बहादुर अमात्यका परिवारलाई सम्मान समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य तिलक महतले अमात्य परिवारलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुभएको हो । विद्यालयको स्वर्ण महोत्सवका अबसरमा बिज्ञान संकाय संचालन गर्न हिजोदेखी महायज्ञ सुरु भएको हो ।

महायज्ञमा नेपालका प्रथम ऐतिहासिक जगदगुरु अनन्त श्री बिभुसित बालसन्त मोहनशरण देवाचार्यको करकमलमा प्रमुख बाचक अच्युत शरण लम्सालको मुखारबिन्दबाट कथा वाचन भैरहेको छ । महायज्ञ मङ्सिर १९ गतेसम्म चल्नेछ ।

बिज्ञान बिषयको भवन शिलन्यास

 

यसैबिच, बिद्यालयमा बिज्ञान संकाय पढाइ गर्ने भवनको आज शिलन्यास गरिएको छ । महायज्ञका प्रमुख अतिथी एवं प्रतिनिधि सभा सदस्य तिलक महतले भवनको शिलान्यास गर्नुभएको हो । महतले आजै बिद्यालयले प्रकाशन गरेको स्मारिकाको पनि लोकार्पण गर्नुभएको छ । लोकार्पण पछि महायज्ञमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य महतले यस्ता धार्मिक कार्यक्रमले समाज सुधार्ने बताउनुभयो ।

समाजलाई सभ्य र सुसस्कृत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने भन्दै बिद्यालयको स्तरोन्नति र बिज्ञान बिषय संचालनका लागि आयोजना गरिएको महायज्ञमा मन खोलेर सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । बिद्यालयमा आफुले आफ्नो क्षेत्रको बिकास निर्माणका लागि खर्च गर्न पाउने साम्सद बिकास कोषबाट २० लाख छुट्याइएको स्मरण गराउदै आगामी बर्ष पनि बजेट छुट्याउने बताउनुभयो ।

उहाले आफुले शिलान्यास गरेको बिज्ञान विषयको भवन निर्माण पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रतिनिधि सभा सदस्य महतले १५ गते शनिबार नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुस्पकमल दाहाल महायज्ञमा सहभागी हुने कार्यक्रम तय भएको मन्चबाटै घोषणा गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *