लेलान् पर्यटन मन्त्री रविन्द्र अधिकारीले राजनीतिबाट सन्यास ?

0




काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारीले यदि वाइड बडी विमानमा घोटाला भएको छ भने आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए । निकै केटौले र अपत्यारिलो आदर्श वाक्य बोलेका अधिकारीको अब भने अग्नि परीक्षाका दिन आएका छन् । वाइडबडी विमानमा भएको अर्बौ डलरको घोटालामा संसदको सार्वजनिक लेखा समितिले विमान खरिदका कानूनी कागजातहरु बुझाउन निर्देशन गरेपछि आधिकारिक रुपमा यो घोटाला सार्वजनिक भई सबैको ध्यानाकर्षण्ण हुन गएको छ ।

कहिले किनेर ल्याएको त कहिले भाडामा ल्याएको भनी पटकपटक जनतालाई ढाँट्दै र ठग्दै आएका पर्यटनमन्त्री अधिकारी र वायुसेवा निगमका प्रमुख सुगतरत्न कंसाकार अब लेखा समितिको फन्दामा पर्न गएका छन् । हुन त संसदीय लेखा समितिले यस्ता विषयमा निकै कुरा उठाउने तर सम्बन्धित निकायबाट कहिल्यै पनि त्यसबारेमा सुनुवाइसम्म पनि नगर्ने गरेको संसदीय इतिहास साक्षी छ । तर देश र जनतालाई गुमराहमा राख्ने, देशको राष्ट्रिय ढुकुटीको दोहन गर्ने जनविरोधी भ्रष्टाचारीहरुको अनुहार जनताका बीचमा उदाङ्गो पारिनु एकहदसम्म राम्रो कुरा पनि हो ।




कङ्साकारले वाइड बडी भित्रन पाएको छैन, त्यसलाई सुरुमा नै ‘एयर बस’ भनेर प्रचार गराउने र लिखतहरुमा त्यही लेख्न लगाउने गरेका थिए । असार–साउनमा खरिद प्रक्रिया पूरा गरी भित्र्याइएका दुई वाइड बडी विमानहरुमा सुरुदेखि नै करोडौंको घोटाला भएको कुरा सार्वजनिक चासोका रुपमा उठिरहेको थियो । यो विवाद खरिद प्रक्रिया लगत्तै आएपछि अधिकारीले निगमका प्रमुखमा हेरफेर पनि गरेका थिए । तथापि, यो कुरा लुक्न र लुकाउन भने सकेका थिएनन् ।

वाइड बडी भित्र्याउँदा निकै स्याल हुइँय्या फिंजाएका अधिकारी र कंसाकार आजभोलि भने तैं चूपमै चूपको अवस्थामा छन् । यी वाइड बडीका जहाजहरु नियमित दैनिक उडानमा छैनन् । प्रत्येक दिन करिब सवा एक करोडको घाटामा रहेका यी विमानले उडानका ठाउँहरु पाउन सकेका छैनन् । दैनिक १८ घण्टा उडान क्षमता राख्ने यी विमानहरु ग्राउण्डेड जस्तै अवस्थामा रहेका छन् । हरेक वाइड बडी विमानको दैनिक १८ घण्टा उडान हुनु पर्नेमा मात्र ५ घण्टा गरेर बाँकी १३ घण्टा उडान काम नपाएर रोकिए पछि निगम डुबिसकेको छ । यी विमानहरु सुरक्षाका हिसाबले पनि उपयुक्त नभएकाले अन्तर्राष्ट्रमा यसलाई उडान अनुमति नदिइएको कुरा सार्वजनिक भएको छ ।

उडान बजारको ग्यारेन्टी नगरेर यस्ता ठूला तर कमसल खालका विमानहरु भित्र्याएर निगम प्रमुख कंसाकार र मन्त्री अधिकारीले देश र जनतालाई निकै ठगी गरेका छन् । वाम भनिएको पूर्व एमाले र पूर्व माओवादी केन्द्र भ्रष्टाचारका अखडाहरु भएको जनताका अगाडि छर्लंग भएको छ ।

यी कुराहरुलाई ओझेलमा पार्ने उद्देश्यले प्रम केपी ओलीले नयाँ युगको लेपनसहित सामाजिक सुरक्षाका कार्यक्रमहरु लिएर आए पनि जनताका माझमा रहेका असन्तुष्टिहरु अझ व्यापक भएर गएका छन् । जनताले भन्न थालेका छन्– ‘सके राम्ररी शासन व्यवस्था चलाउनु, नसके बिगार्ने काम त नगर्नु नि !’




सम्बन्धित
Loading...