मुलुक सुखी र समृद्ध नेपालको बाटोमाः प्रचण्ड
होमराज रानाभाट
कावासोती ढोकी मंसीर १४ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सुखी नेपाली र समृद्ध नेपालको बाटोमा मुलुक निर्बाध अघि बढिरहेको बताउनुभएको छ ।बर्तमान दुई तिहाईको सरकारले राजनीतिक स्थिरता र स्थायित्वका साथ मुलुकलाई अघि बढाएको बताउनुभएको छ ।
्कावासोती नगरपालिका वडा नं १७ मा रहेको त्रिभुवन बाल माबि ढोकीको स्वर्ण महोत्सब तथा बिज्ञान संकायका लागि आयोजना गरिएको धान्यचल महायज्ञ कार्यक्रमलाई आज सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री दाहालले सो बिचार ब्यक्त गर्नुभएको हो । उहाँले बर्तमान सरकार दुई तिहाईको जनमतबाट बनेकाले अब मुलुकमा राजनीतिक स्थायित्व कायम भैसकेकाले अबको गन्तब्य समृद्धिको र बिकासको गन्तब्य भएको बताउनुभयो ।
नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री दाहालले नवलपरासी र चितवनलाई हुलाकी बाटो निर्माण गरेर जोडदै यहाँको बिकास अघि बढन् सक्ने भएकाले हुलाकी बाटो निर्माण संग संगै नारायणी नदीमा पक्की पुल निर्माण गरेर यस क्षेत्रको बिकास लाई अगाडि बढाईने बताउनुभयो ।
अब मुलुक मा द्धन्द्ध होईन बिकासको खाँचो छ मुलुकलाई समृद्धिको बाटोमा कसरी लैजान सकिन्छ र नेपालीलाई कसरी सुखी बनाउन सकिन्छ त्यसतर्फ सबै सोच्न जरुरी रहेको र छिमेकी देशसंग पनि हाम्रो समबन्ध निक्कै सुध्रिएकाले नेपालको बिकास अब दु्रत गतिमा अघि बढ्ने कुरामा शंका नगर्न नेकपाका अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो ।
उहाँले नारायणी नदीमा छिटो जलमार्गबाट पानी जहाज भित्र्याउने र त्यसको लागि सबै काम अगाडि बढेको ,चीनको केरुङ्गेबाट लुम्बिनीसम्म रेलमार्गको बिस्तारको काम भैरहेको र सबै नेपालीले सुखको अनुभूति गर्न पाउने गरि वर्तमान सरकारले काम अगाडि बढाईरहेको बताउनुभयो ।
वर्तमान सरकार दुई तिहाईको सरकार भएकाले कसैले चाहेर पनि यो सरकारलाई हटाउन नसक्ने र पाँच बर्ष भित्रमा यो सरकारले मुलुकलाई अग्रगामी दिशा तर्फ परिवर्तन देखिने गरि काम गरेर छाड्ने पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष दाहालले बताउनुभयो ।
उहाँले जेष्ठ नागरिक भत्ता नबढाउनु हाम्रो ठूलो भूल भएको स्वीकार्दै तत्काल भत्ता बढाएर पाँच बर्ष भित्रमा पाँच हजार बनाउने र यो सरकार परिवर्तनका लागि बनेको बताउनुभयो ।
नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले भूपरिबेष्ठित मुलुक नभएर अब सिधा चीन र भारतसँग भुमिबाट सिधा सम्पर्क भएको मुलुक भएको बताउनुभयो । दुबै छिमेकीसँग हाम्रो सम्बन्ध प्रगाढ र सुमुधुर रहेको स्पष्ट पार्दै दुबै छिमेकीको सहयोग हाम्रै लागि महत्व राख्ने भएकाले नेपाल र नेपालीको भबिष्य अब कम्युनिष्टको दुई तिहाई सरकारले परिकल्पना गरेको समाजबादको सिर्जना गरि लोकप्रिय मत सहित समाजबादको आधार खडा गर्ने अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो ।
नेकपाका अध्यक्ष प्रचण्डले नवलपरासीको बिकासप्रति आफु सधैं चिन्तित रहेको स्पष्ट पार्दै अबको पाँच बर्षमा पानी जहाज र पूर्व पश्चिम रेल गुड्ने गरि काम भैरहेको र सरकारले बोले अनुसार काम गरेर नेपाललाई मोडल देशका रुपमा अघि बढाउने स्पष्ट पार्नुभयो ।
उहाँले नवलपरासीसँग आफ्नो भावानात्मक न्यानो माया र सम्बन्ध रहेको स्पष्ट पार्दै नवलपरासीबाट आफूले भूमिगत कालमा धेरै सिकेको र अहिले यो जिल्लाको समृद्धिका लागि आफूले काम गरेको बताउनुभयो । उहाँले त्रिभुवन बाल मा वि ढोकीको विज्ञान भवन निर्माण तथा विद्यालयको समग्र बिकासका लागि सक्दो सहयोग गर्ने प्रष्ट पार्नुभयो । सोही क्रममा अध्यक्ष प्रचण्डले दुई कम्युनिष्ट एक हुन्छन् भन्ने कसैले नसोचेको बताउँदै अब चाँडै एकताको प्रकृया जिल्ला तहसम्म सकिने पनि बताउनुभयो र भन्नुभयो कल्पना नगरेका र कसैले नसोचेको काम कम्युनिष्टहरुबाट मात्रै भैरहेको छ ।
सोही क्रममा दाहालले विद्यालय हाता भित्र रहेको स्वर्ण महोत्सव स्तम्भको अनावरण गर्नुभएको थियो ।