दाउन्नेको सडकमा बिग्रीएका गाडीले पुर्वपश्चिम राजमार्गको यात्रा जोखिमपुर्ण

गोपी ज्ञवाली ।


नवलपरासी  । पुर्वपश्चिम लोकमार्ग अन्तर्गत नवलपरासी दाउन्नेको घुमती सडकको विभन्न स्थानमा विग्रीएका गाडीहरुले पुर्वपश्चिम लोकमार्गको यात्रालाई जोखिमपुर्ण बनाएका छन ।
वदैघाट नगरपालिकाको त्रिवेणी चोक देखी दुम्कीवास ज्यामिरे सम्मको दाउन्नेको जोखिमपुर्ण घुम्तीहरुका विभिन्न स्थानमा विब्रीएका आधा दर्जन भन्दा बडि गाडीहरुले पुर्वपश्चिम लोकमार्गमा यात्रा गर्ने यात्रुहरुको यात्रा जोखिमपुर्ण बनाएको छ । अचानक आउने पहाडी धुम्ती र त्यसै विच अनेक धुमतीहरुमा विग्रीएर फालिएका वा मर्मत गर्दै गरिएका गाडीहरुले पुर्वपश्चिम लोकमार्गलाई अत्यन्तै जोखिमपुर्ण बनाएको भैरहवा देखी चामल लिएर काठमाण्डौ जादै गरेका ट्रकका चालक हरि ज्ञवालीले बताएका छन ।
प्रदेश नम्बर ५ र गण्डकी प्र्रदेशको सिमाना समेत बनेको १५ किलोमिटर लामो दाउन्ने पहाडको विभिन्न धुम्तीको विभिन्न ८ स्थानमा विभिन्न प्रकारका गाडिहरु विग्रीएका छन जस कारण दाउन्नेको सडकमा यात्रा गर्दा जतिखेर पनि जे पनि हुन सक्ने खतरनाक अवश्था बनेको छ । वर्दघाटको त्रिवेणी चोक देखी करिब २ किलोमिटर अगाडी पुर्वमा एउटा लामो टहरे बस विग्रीएको र आगलागी भएर नष्ट भएको अवश्थामा सडकको किनारामा सडकलाई सागुरो पार्दै छडके भएर फालिएको छ जसमा पुर्वबाट ओरालोमा तेज गतिमा हिडदै गरेको गाडिले थोरै पनि सावधानी गर्न ध्यान पुर्याएन भने जतिखेर पनि दुर्घना हुन सक्ने अवश्थामा रहेको छ । यसैको केही दुरीमा पुग्दा फेरी अर्को दुई वटा ट्रकहरु एक आपसमा ठोकिएर आधी बाटोलाई थुनेर रोकिएका छन । यी दुई विपरित दिशाबाट आएका माल लोड गरेका ट्रक ४ दिन पहिला मात्र ओरालोमा नियन्त्रण गर्न नसकेर एक आपसमा ठोकिएका थिए ।
यसै गरि दाउन्ने बजारको पुर्व भागमाको घुमतीम सडकको विचोविचमा नै विग्रीएको ट्रक रहेको जसका काराण बेलाबेलामा सडक दिउसो कै समयमा सडक जाम हुने गरेको छ । यसै गरि दाउन्नेको घीउ खोलाको केही पश्चिम, दुम्कीबासको ज्यामिरे देखी केही माथिको सडक, लगाएतका दाउन्नेको विभिन्न स्थानमा सडकको मोडहरुमा समेत विग्रीएको गाडीहरुले मुख्य रुपमा रातीको समयमा यात्रा गर्ने सवारी साधनहरुलाई जोखीमपुर्ण यात्रा गर्न बाध्य बनएका छन । दाउन्नेको पुरै १५ किलो मिटरको दुरीमा सडक अत्यन्तै सागुरो जसबाट एक पटकमा मुस्किलले दुई वटा गाडीहरु क्रस हुन सक्दछन । यसै विच डिलो हिडने मालवाहक गाडीहरुलाई अभरटेक गर्न खोजने गाडीहरुले पनि यात्रालाई सारै जोखिमपुर्ण बनाउने गरेको छ । यसै विच कहिलेकाही हिडदै गरेका कुनै पनि ठुला गाडीहरुको टायर पन्चर भएर गाडि रोकीयो भने त्यस्ता गाडीहरुलाई साईड लगाएर राख्न मिल्ने स्थन नरहेको कारणले पनि दाउन्ने सडक जाम हुने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *