प्रचण्डको चाटरमा लाखबढी खर्च

नारायण पंगेनी


कावासोती । कुनै बेला वर्गीय मुक्तिका कुरा गर्दै हजारौं नेपालीलाई बलिदानी दिन तयार गराएका नेता पुष्पकमल दाहाल प्रचण्ड एउटा विद्यालयको कार्यक्रममा लाखौं खर्च गराएर सहभागी भएका छन् ।
कावासोती १७ ढोकीको त्रिभुवन बाल माविको स्वर्णमहोत्सव तथा धनधान्याचल ज्ञान महायज्ञमा शुक्रबार स्वर्ण स्तम्भको उद्घाटन गर्न उनी ढोकी आएका थिए ।
उनी मंसिर १२ गते बुधबार नै आउने कार्यक्रम भए पनि सचिवालयको वैठक कारण देखाउँदै १२ गतेको कार्यक्रम स्थगित गरेर पछाडि सारिएको थियो। उनलाई कार्यक्रम स्थलसम्म अाउन  एक लाख २० हजारको हाराहारीमा हेलिकोप्टर चार्टर गरेर खर्च भएकाे  छ।यस्तो कामको स्थानीयले व्यापक आलोचना समेत गरेका छन् ।

उक्त चाटर खर्च विद्यालयकाे नभएकाे सञ्चार संयाेजक सागर पाख्रेेेेलले बताए ।

नेकपाका अध्यक्ष प्रचण्ड सोही दिन हेलिकोप्टर मार्फत

धादिङ्गमा महाेत्सव उद्घाटनमा पुगेका थिए ।

विद्यालयले शुक्रबार गरेको कार्यक्रममा आसनग्रहणमा समेत सरकारी कार्यालयका प्रमुखहरुलाई अपमान गरेका थिए ।
राजनीतिक दलका गाउँपालिका सदस्यहरु पछि अन्तिममा प्रमुख जिल्ला अधिकारीलाई आसन ग्रहण गराएका थिए भने विद्यालयको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुखलाई आसन ग्रहणमा सम्झनासम्म पनि गरेनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *