कुढौली मध्यवर्ती सामुदायिक वनको साधारणसभा

संजय भट्टराई

१५ मङ्सिर

कुढौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह को बाह्रौं वार्षिक साधारणसभा आज  भएको छ । समुहका अध्यक्ष रामबहादुर रानाको अध्यक्षता एवं कावासोती ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारी को प्रमुख आतिथ्यतामा भएको साधारणसभा विभिन्न प्रस्तावहरु पास गर्दै सप्पन्न भएको छ ।

साधारणसभा ले कोषाध्यक्ष महेन्द्रप्रसाद पौडेल ले पेस गर्नु भएको आर्थिक वर्ष ०७४/७५ को आर्थिक प्रतिवेदन तथा सचीव महाराज गुरौले पेस गर्नु भएको सांगठनिक प्रतिवेदन सर्वसम्मतले अनुमोदन गरेको छ ।

यसै गरि साधारणसभा मा लगातार १५ वर्ष सम्म अध्यक्ष पदमा रहि काम गर्दै आउनु भएका पुर्व अध्यक्ष हांसीराम महतोलाई सम्मान गरिएको थियो । साधारणसभामा वनका लेखा संयोजक धनप्रसाद खनाल, सल्लाहकार संयोजक विष्णुप्रसाद श्रेष्ठ , कावासोती ११ कि वडा सदस्य मिरा थनेत, डम्बर सिंह थापा, शान्ति मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चेतनारायण चौधरी , लौखानी प्रवेश द्वार कि प्रमुख अमृता पुडासैनी तथा प्रमुख अतिथी एवं कावासोती ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारी ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम मा बोल्ने वक्ताहरूले सामुदायिक वन संरक्षण मा उपभोक्ता , वन समिति , राष्ट्रिय निकुन्ज सबै मिलेर लाग्नु पर्ने बताउनु भएको थियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *