नदि अधिकार मञ्च दक्षिण एसियाको अध्यक्ष पदमा कुशवाहा

श्याम थापा

बाङ्लादेश १५ मंसिर

नदि अधिकार मञ्च दक्षिण एसियाको अध्यक्ष पदमा बृजराज कुश्वाहा सर्वसम्मत चयन हुनु भएको छ ।

अन्तर्देशिय नदी ब्यबस्थापनका लागी नागरिक दबाब निर्माण गर्न बङलादेशको राजशाही अन्तर्गत गोदागरिमा भएको दक्षिण एसिया स्तरिय नदी अधिकार मञ्चको सम्मेलनले नेपालको बृजराज कुश्वाहालाई सर्वसम्मत चयन गरेको हो ।

सम्मेलनले बृजराज कुश्वाहाको अध्यक्षयतामा ५० सदस्यीय समिती पनि गठन गरेको छ । जसको दुई वटा उपाध्यक्ष रहेको छ । जसमा बाङ्लादेशको शमशेर अलि र ईन्डियाको मुख्तार इस्लाम रहेको छ ।

सम्मेलन कार्यक्रमले नदि अधिकार मञ्चको अगामी बैठक नेपालमा गर्ने र नेपालमा हुने बैठकले थप कार्यबिधी तयार गरि अघि बढ्ने अध्यक्ष कुश्वाहाले बताउनु भएको छ ।

नदि तटीय क्षेत्रमा बासोबास गर्दै आएको नेपाल,भारत र बाङ्लादेशका नदि पिडितहरुको साझा समस्या रहेकोले सो समस्यालाई विभिन्न माध्यमबाट समस्या समाधान गर्न र यश बिषयमा तीन देश कै सरकारलाई नेपालमा गण्डक,भारतमा गङ्गा र बाङ्लादेशमा पदमा एउटै नदि ३ देशमा फरक फरक नामले चिनिने नदिका पीडितले भोगेका सास्तीलाई अन्भुत गराई राज्यबाटै समस्या समाधान गर्नको लागि ११ बुदे घोषणा पत्र पनि तयार गरेको छ ।

सो सम्मेलनमा नेपालबाट बृजराज कुश्वाहा र बद्री प्रसाद सुबेदीले,भारतबाट तर्कुल इस्लाम र बाङ्लादेशबाट शमशेर अलिले आ आफ्नो नदिबाट समुदायले भोगेका पीडा बारे धारणा राखेको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *