आजबाट छनौट खेल

0




माघको दोस्रो सातातिर बाँकेमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नवलपुरमा आइतबारदेखि खेलाडी छनौट हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीका अनुसार फुटबल, भलिबल, क्रिकेट, कबर्डी, खोखो, कराँते, टाइगन्टु, आइटिएफ, एथ्लेक्टिक्स, ब्याडमिन्टेन, डेबलटेनिस, बक्सि·, कुस्ती, कुसो लगायतका प्रतियोगिताहरुमा नवलपुरमा खेलाडी छनौट गरिने छ।
नवलपुरबाट २ सय १० जना खेलाडी छनौट गरिने समेत केसीले बताए । खेलाडी छनौटका लागि शुक्रबार जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा सरोकारवालहरुसंग अन्तरक्रिया समेत भएको थियो। अन्तरक्रिया पछि छनौट हुने स्थानहरु र जिम्माहरु तय गरिएको थियो।




सम्बन्धित
Loading...