सामुदायिक बनहरु जडीबुटी खेती तर्फ

गोपी ज्ञवाली
नवलपरासी, १६ मंसिर ।

जनउदय सामुदायिक बन उपभोक्ता समिती सुनवलले बृक्षारोपण गरेका अमलाका रुखहरु । तस्विर: गोपी ज्ञवाली

बन संरक्षणको उदेश्यका साथ गठन गरिएका पश्चिम नवलपरासीका सामुदायिक बनहरु अहिले जडिबुटी खेती तर्फ अग्रसर हुन थालेका छन ।
पश्चिम नवलपरासीको बर्दघाटको चिसापानी सामुदायिक बनबाट लिएर सुनवलको मुलपानी सामुदायिक बन सम्मका बनहरुमा समुदायको अग्रसरतामा बन क्षेत्रमा स्थानिय बन समितीहरुले सामुहिक रुपमा जडीबुटी खेती गर्न अग्रसर हुदै गएका छ ।
पछिल्लो लामो समय देखी यस क्षेत्रका सामुदायिक बनहरुले बनको संरक्षणमा उल्लेखनिय काम गरिरहेको अवश्थामा पश्चिम नवलपरासीका सामुदायिक बनहरुले समुदायको अग्रसरतामा जिल्लका विभिन्न स्थानमा जडिबुटीहरुको बृक्षा रोपण, बन क्षेत्रमा उम्रीएका विरुवाहरुको संरक्षण गदैै जडिबुटीबाट विभिन्न प्रकारका उत्पादनहरु समेत गरेको पश्चििम नवलपरासीका डिविवजन बन कार्यालयका प्रमुख प्रेमशंकर चौधरीले बताए ।
सुनवलको मुख्य भागमा रहेको जनउदय सामुदायिक बन उपभोक्ता समितीले पछिल्लो चार वर्ष देखी समुदाय द्धारा संरक्षण गरिएको बन क्षेत्रमा अवला, कुरिलो, हर्रो बर्रो, मेन्था, लेमनग्रास, जटमसी, लगाएतका करिब एक दर्जन जडीबुटीहरुको खेती गरिएको जनउदय सामुदायिक बन उपभोक्ता समितीका सचिव रामु विकले बताए । सचिव विकका अनुसार समुदायिक बन समितीको पछिल्लो बैठकले सामुदायिक बन क्षेत्र जहां प्राकृतिक रुख विरुवाहरुको उपस्थिती कम वा पातलो रहेको स्थानहरुमा समेत जडिबुटीको ब्यावसायिक खेती गरिने गरि निर्णय गरिएको छ । यसरी जनयदय सामुदायिक बन उपभोक्ता समितीले अहिले करिब आठ विगाहा क्षेत्रफलमा जडिबुटीहरुको ब्यावसायिक खेती सुरु गरिएको बताईएको छ ।
यसै गरि सुनवल क्षेत्रका मुलपानी सामुदायिक बन उपभोक्ता समिती, विशासय सामुदायिक बन उपभोक्ता समिती, बडेरा सामुदायिक बन उपभोक्ता समिती, मुलपानी सामुलायिक बन उपभोक्ता समिती लगाएतका बन समितीहरुले पछिल्लो पाँच वर्ष देखी बनको संरक्षणसंगै बन क्षेत्रमा ब्यावसायिक रुपमा सामुहिक रुपमा जडिबुटीको खेती गर्दै आएका छन । कतिपय बन क्षेत्रमा समुदायहरुको सक्रीयतामा बन क्षेत्रमा रहेका कुरिलो, धतुरो, मौवा, चिनी लहरा, भ्याकुर, पीपल, बेल, जामुन, घिउकुमारी लगाएतका जडिबुटी जन्य बनस्पतिको ब्यापकता साथ संरक्षण अधियान नै संचालन गर्दै आएको स्रोतले जनाएको छ ।
विशासय सामुदायिक बन उपभोक्ता समितीका सदस्यहरुले बन क्षेत्रमा बेलको संरक्षणका लागि एउटा उपसमिती नै गठन गरि पछिल्लो चार वर्ष देखी बेल जुस उद्योग संचालन गर्दै आएको विशासय सामुदायिक बन उपभोक्ता समितीका सचिव दिलिप चापागाईले बनाउनु भयो । बेल जुस उत्पादनमा समुदायका महिलाहरुको संलग्नताले बेलको जुस उद्योग नै संचालन गर्दै आउनु भएको छ । गर्मीको समयमा बेलाको जाम र जुसले खुम बजार पाउने गेरेको सचिव चापागाईले बताए ।
यसै गरि वर्दघाटमा रहेको चिसापानी सामुदायिक बन उपभोक्ता समितीले पछिल्लो आठ वर्ष देखी समुदायको सक्रीयतामा लेमन ग्रास, मेनथा लगाएतका जडिबुटीहरुको खेती गरि सुगन्धीत तेल समेत उत्पादन गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *