पुस्तक व्यवसायी पश्चिम नवलपरासीका भेला सुनवलमा

0

अर्जुन अविरल





नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पश्चिम नवलपरासीको१३ औं साधारण सभा सुनवलको वनकट्टीमा भएको छ ।
जिल्ला अध्यक्ष खिमकान्त भट्टराईको अध्यक्षतामा भएको भेलाको प्रदेश नं. ५ का सहसंयोजक हिमानन्द शर्माले उद्घाटन गरेका थिए ।
भेलामा बोल्दै शर्माले पुस्तक व्यवसायीहरूको एकता र एकरुपताका लागि संगठनको आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा छिमेकी जिल्ला रुपन्देही, नवलपुर, प्याब्सनका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महनसंघको पौष २७ र २८ गते केन्द्रीय अधिवेशन हुने भएकोले जिल्ला र प्रदेशको धमाधम अधिबेशन भईरहेको छ । मंसिर २२ गते ३ नं. प्रदेशको चितवनमा , ५ नं. प्रदेशको मंसिर २९ गते रूपन्देहीमा र गण्डकी प्रदेशको पुष ७ गते पोखरामा प्रदेश अधिवेशन हुँदैछ ।




सम्बन्धित
Loading...