लिग लिडर म्यान्चेस्टर सिटीको सहज जित

0




१६ मंसिर, काठमाडौं । लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले बर्नेमाउथलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा बर्नार्डो सिल्भा, रहिम स्टर्लिङ र इकेली गुन्डोगानले गोल गरे । यता, बर्नेमाउथका लागि कलुम विल्सनले एक गोल फर्काएका थिए ।


खेलको १६औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा बर्नेमाउथका विल्सनले गोल गर्दै १–१ गोलको बराबरीमा प¥याएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको बर्नेमाउथले दोस्रो हाफमा भने थप दुई गोल खान पुग्यो । खेलको ५७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाएका थिए । गुन्डोगानले खेलको ७९औं मिनेटमा अर्को गोल थप्दै सिटीलाई ३–१ गोलको जित दिलाए ।

१४ खेलबाट ३८ अंक जोडेको सिटी लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३३ अंक रहेको छ ।




सम्बन्धित
Loading...