कावासोतीमा मेयर कप फुटबल प्रतियोगिता हुने

कावासोती, १६ मंसिर ।


कावासोती नगरपालिकामा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
आइतबार कावासोतीमा गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंसिर २२ गतेदेखि प्रतियोगिता हुने भएको हो । उद्घाटन खेल मंसिर २२ मा कावासोती १६ र कावासोती ४ बीच हुने छ भने फाइनल खेल पुस २ गते हुने आयोजकले जनाएको छ ।
कावासोती नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता कावासोती खेलकुद मैदान निर्माण समितिको सहआयोजनामा हुने छ ।
प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटा वडाका १७ वटा टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार, द्वितीय हुने टिमले ४० हजार र सेमीफाइलनमा पुग्ने टिमहरुले १०, १० हजार रुपैयाँ पाउने जिल्ला फुटबल संघ नवलपरासीका अध्यक्ष सेतमान पुनले बताए ।
पत्रकार सम्मेलन कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनको अध्यक्षतामा भएको थियो ।

प्रतियोगिता कावासोती ३ राममन्दिर निर रहेको खेल मैदानमा हुने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *