निर्मला हत्या काण्डः न्यायका लागि नवलपरासीमा तस्विर सहितका पोष्टर अभियान

तस्वीरः दौतरी एफएमबाट

नवलपरासी (बर्दघाट), १६ कात्तिक ।
सरकार भेटियो न्याय भेटिएन लेखिएका निर्मला पन्तका पोष्टर टांस्ने अभियान नवलपरासीमा पनि सुरु भएको छ । पश्चिम नवलपरासको सुनवल नगरपालिकामा पोष्टरहरु टांसेका हुन ।
सुनवलका सफा सडक, पूर्व पश्चिम राजमार्गको आसपास र नगरपालिकाको कार्यालय आसपासका क्षेत्रमा सरकार भेटियो न्याय भेटिएन लेखिएका निर्मला पन्तको तस्विर सहितका पोष्टरहरु टांसेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर सहित नयां युगको सुरुवात भन्ने नारा सहित सामाजिक सुरक्षा कोष नेपालले राजधानीका पोल पोलका बोर्डमा पोस्टरहरु टासिंएको ठाउँमा केही युवाहरुले निर्मला पन्तको तस्विर सहित सरकार भेटियो न्याय भेटिएन लेखेका पोष्टरहरु टांस्न सुरु गरेपछि पश्चिम नवलपरासीमा पनि यो अभियान थालिएको हो ।
काठमाडौंमा प्रहरीले पोष्टर टांस्दै हिंडेका समूहलाई नियन्त्रणमा लिएपछि अहिले विभिन्न जिल्लाहरुमा पोष्टर टांस्ने अथियानले तिब्रता लिएको छ ।
विभिन्न ठाउहरुमा यूवाहरु स्वस्फुर्त रुपमा पोष्टर टांस्ने अभियानमा सरिक भैरहेको देखिन्छ ।
सुनवलमा लिलाराम भुसालको नेतृत्वमा पोष्टर टांस्ने अभियान सुरु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *