अमेरिकी हवाई हमलामा तालिवान कमाण्डरको मृत्यु


१७ मंसिर, काठमाडौं । अफगानिस्तानमा अमेरिकी हवाई हमलाबाट तालिवान लडाकुका एक प्रमुख कमान्डरको मृत्यु भएको छ ।




आक्रमणमा तालिवानका कमाण्डर अब्दुल मनानको मृत्यु भएको हो । तालिबानले मनान मारिएको पुष्टि गरेको छ । मिडिया रिपोर्टका अनुसार उनी दक्षिण हेलमन्ड प्रान्तको प्रमुख थिए । उनी हेलमन्ड प्रान्तमा तालिवानको प्रमुख शक्ति मानिन्थे ।

हेलमन्ड अफगानिस्तानको मादक पदार्थ तस्करीको प्रमुख केन्द्र मानिन्छ । तालिवान लडाकुहरुले मादक पदार्थको कारोबारमा कर असुल्ने गर्दछन् ।




मनानको मृत्यु तालिवान का लागि सन् २०१६ पछिकै ठूलो धक्का हो । २०१६ मा पाकिस्तानको पश्चिमी क्षेत्रमा एक अमेरिकी ड्रोन हमलामा संगठनका नेता अख्तर मन्सुर मारिएका थिए ।




सम्बन्धित
Loading...