नवलपुरमा आयो ८ थान ब्रेथ लाइजर, मापसे चेकिङ्ग कडाइका साथ हुने (भिडियो सहित)

रामकुमार श्रेष्ठ
नवलपरासी, १८ मंसिर ।


नवलपुर जिल्लामा मापसे चेकिङ्गका लागि भएको ब्रेथलाइजर विग्रिएपछि चेकिङ्ग रोकिएको समाचार आएपछि एक संस्थाले ८ थान ब्रेथलाइजर जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वलाई हस्तान्तरण गरेको छ ।
डोको नामक संस्थाले मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यक्रमकै आयोजना गरी उक्त आठ थान ब्रेथलाइजर हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक युवराज भण्डारीले मापसे चेकिङ्गलाई तिब्रताका साथ अगाडि बढाउने बताए ।
यस अघि भएका ब्रेथलाइजर नहुँदा मापसे चेकिङ्ग नै रोकिएको थियो । जसले गर्दा एकातिर राजश्व गुमेको थियो भने अर्को तिर दुर्घटनाको संम्भावना पनि त्यति नै बढेको थियो ।
डोको विकास संस्था दीपक शर्मा कंडेलले अनलाइनबाट विदेशबाट मगाइ खरिद गरेर जिल्ला ट्राफिकलाई हस्तान्तरण गरेको बताए ।
उक्त ब्रेथलाइजर शर्माले प्रहरी निरीक्षक भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

Related Articles