क्रान्तिकारी पत्रकार महासंघको प्रदेश ४ को भेला आज पोखरामा

पोखरा, २० मंसिर ।


क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ४ को प्रदेश भेला तथा अन्तरक्रिया कार्यक्रम आज पोखरामा हुने भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीको हलमा हुने भेलाले नयाँ कार्यसमिति चयन गर्दै सकिने प्रदेश ४ का संयोजक गोपाल जिसीले बताए ।
भेलामा राष्टियता, जनतन्त्र र जनजीविकाको सवालमा पत्रकारहरुको भूमिका विषयक अन्तरक्रिया पनि हुने छ ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र रावत, सचिव रामकुमार श्रेष्ठ, केन्द्रिय कार्यालय सदस्य लोकनाथ जैसी लगायत सहभागी हुने छन् । भेलामा प्रदेश ४ का ११ जिल्लाका २० जना प्रतिनिधिहरु सहभागी हुने छन् ।

Related Articles