हाम्रो व्यवहारले बिग्रिरहेको स्वास्थ्य

लेखकः धनपति कोइराला साधना कुटी

वर्तमान नेपालको मुख्य चुनौती के होला ? कसैले प्रश्न गरे, पहिलो उत्तर के आउला ? पक्कै पनि एक्कै स्वरले एउटै उत्तर नआउला । एक नं. दुई नं. हुँदै अनेकौँ उत्तर आउला । पात्र, प्रवृत्ति र भोगाइ अनुरुप फरक फरक उत्तर पनि आउन सक्ला । मलाई भने अज्ञानता र लापर्वाहपन नै मुख्य समस्या हुन् भन्ने लाग्छ । यसबाट पुरानो पुस्ता कम, दोस्रो पुस्ता झण्डै साठी प्रतिशत र नवीन पुस्ता झण्डै शतप्रतिशत प्रभावित बनिरहेको छ । यसक्रमलाई रोक्न नसकिए भावी पुस्ता पूर्णतः रुग्णताको शिकार हुने तथ्य लुकाएर लुक्दैन । हामीले दैनिक जीवनमा प्रयोग गर्ने यस्ता वस्तुहरुकै कारण पनि हामी खतारामा पर्दै छौँ ः

भान्सामा उपयोग हुने वर्तन

प्रायजसो अहिले हरेक नेपालीका घरमा प्लाष्टिक सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको छ। विहान उठेदेखि राती विस्तारामा पुग्दासम्मै उपयोग हुने चप्पल, टुथबस आदि इत्यादिको अहिले हाम्रो बाध्यता बनेको छ । सजिलो, सस्तो र चम्किलो पनि हुने भन्दै हामीले तामा, पित्तलका खड्कुडा, गाग्री, अंखोराहरु सस्तैमा बेचेर प्लाष्टिकका गाग्री, बाटा र जगहरु भित्र्यायाैं । स्टिलका थाल, कचौरा डाडु, पन्यु आदि मात्र उपयोग गर्न थाल्यौँ । फलामे किटका कराई हटाएर आल्मुनियमका भाँडा, पन्यु, डाडु, डेप्ची, कराई उपयोग गर्न थाल्यौँ । यो पनि हामो जीवनको पर्याय बन्न पुग्यो ।
फलाम, तामा, पित्तल, काँस, चाँदी, सुन आदि मानव जीवनका निम्ति अपरिहार्य धातुहरु हुन् । हाड, विभिन्न सेल, बोनम्यारो आदि कैयौँ पक्षहरु निर्माण हुन र तिनलाई सशक्त, सबल र क्रियाशील तुल्याउन पनि यस्ता धातुहरु अपेक्षित हुन्छन् । हामीले उपभोग गर्ने दूध, दही घ्यू, फलपूmल, हरियो साग सब्जीहरु, गेडागुडीजन्य खाद्य पदार्थबाट पनि यी तत्त्वहरु प्राप्त हुने भए पनि फलाम, तामा आदि धातुबाट निर्मित वर्तन सामग्रीहरुको उपयोग गर्दा थप त्यसमा सकारात्मक प्रभाव पर्दछ । तर, त्यसको ठीक विपरीत प्लाष्टिक र आल्मुनियमको उपयोगबाट मानवीय जीवन त खतरामा परेकै छ सम्पूर्ण जीव पनि खतरामुक्त रहेको देखिन्न । यस्तो प्रतिकूल असर परिरहेको तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । खासगरी विभिन्न प्रकृतिको क्यान्सरजस्ता भयावह रोग पैदा हुनमा यसले मुख्य भूमिका खेलेको पाइएको छ ।
यसर्थ यस्ता भयावह रोगबाट मुक्त हुन काँसबाट निर्मित थाल, कचौरा, ग्लास, फलामबाट निर्मित कराई, पन्यू, कराई, तावा, झिजरी आदि, तामाबाट निर्मित पानी राख्न गाग्री, जग, पित्तलबाट निर्मित डाडु, पन्यू, खडकुडाहरु उपयोग गर्नु अपरिहार्य छ। सम्भव भएसम्म खाना पकाउन उपयोग हुने आल्मुनियमबाट बनेका राइस कुकर, प्रेसर कुकर, कराई, भाँडा, चिया पकाउन, दूध र पानी तताउन उपयोग हुने कित्ली, दिउरी आदि कुनै पनि त्यस्ता सामग्री उपयोग नगर्नुमै आपूm र परिवारको कल्याण छ। गर्नै पर्ने भए सामान्य चिसो खाले कार्य पयोजनका निम्ति मात्र उपयोग गर्नु उत्तम हुन्छ। प्लास्टिकका जग, बाल्टीजस्ता सामग्री उपयोग गर्नै पर्ने भए त्यसमा पनि पानी, दूध आदि मनतातो नै भए पनि केही नराखेकै उचित । त्यसमा राखेको तातो चिज भए उपभोग गर्नु हानिकारक हुन्छ। यसैले यस्ता प्लाष्टिकजन्य सामग्रीको भरिसक्के उपयोग कम गर्दै जानु नै हितकर छ।

खाद्यपदार्थ

मुख्य समस्या हाम्रो खाद्य संस्कृति भत्कियो । हामी आफैंले यो दुर्दशा निम्त्यायौँ । दुईपैसा हातमा हुनासाथ हामी अल्छे भइहाल्यौँ । ससाना आफ्ना बालबालिकालाई लिटो, गिलीभात, सातु, ढिडोजस्ता पोषिला खाद्यपदार्थ खुवाउनुभन्दा रुचायो, रोयो वा जिद्दी ग¥यो भन्ने निहुँमा शैशव वयबाटै चिजबल, कुरकुरे, चाउचाउजस्ता उमेरका दृष्टिले अखाद्य पदार्थ खुवायौँ । यसले उनीहरुको पाचन प्रणालीमा मात्र नभई रक्त वाहिनी प्रणाली, शारीरिक विकास आदि हरेक प्रणालीमा गम्भीर असर पु¥याउन थाल्यो ।
खाजाका रुपमा भुटेका मकै र भटमास, मकैका रोटी, गहुँको रोटी, फापरको रोटी, मौसम र ठाउँअनुुसार खाइने कोदाको रोटीजस्ता अत्यन्त पोषिला स्वस्थकर खाना त्याग्याँै र त्यसका सट्टामा मैदाजन्य मःमः, चाउमिन, थुक्पा, माइक्रोनी आदि केके हो, केके खान थाल्यौँ। गहुँको पहिलो आवरणमा रहेको फाइबर र पोषणतत्त्व प्mयालेपछि रहेको पोषणविहीन भागमा रसायन घुलित गरेपछि मैदा बन्ने र यसले भित्र आन्द्रामा टाँसिएर संक्रमण फैलाउने अनुसन्धानले पुष्टि गरेको छ। मैदाबाटै चाउमिनको कच्चा पदार्थ बन्ने र त्यसमा मिसाइने तेल र अजिनामोटाले शरीरका मांसपेशी र हाडहरुलाई दुर्बल तुल्याउने स्वास्थ्यसम्बन्धी एक अध्ययनको निष्कर्ष छ।
अक्सर नेपालीले अमिलो पीरो नुनिलो ट्वाक्क मिलेको चटपटे मन पराउँछौँ । त्यसमा पनि महिलाका निम्ति यो विशेष रुचिकर रहने गरेको छ । उसिनेको ताजा आलु, भुटेको चना र मटर, भिजाएको चना र मटर, ताजा कागतीको अमिलो, ताजा खोर्सानी, शुद्ध तोरीकै तेल, हरियो धनियाँको पत्तीहरु र पिसेको मसला हालेर चटपटे बन्थ्यो र खाइन्थ्यो। यसरी तयार पारिएको चटपटेले त शरीरलाई त्यति फाइदा पु¥याउँदैनथियो। तरपनि, जिब्रो र मनको तलतल मेट्न खाइन्थ्यो। यसले हर्मोनलाई असन्तुलित बनाउने र चाँडै यौनिक परिपक्वतातिर धकेल्ने, छाला, रगत र पाचनलाई असर गर्ने गरेको धेरैको अनुभव छ। तर, अहिले चटपटे बनाइरहँदा माथि भनिएझैं आलु, चना, मटरजस्ता पदार्थलाई भन्दा चाउचाउ, सुख्खा मसला, खोर्सानीको धूलो, अखाद्य तेल, कतिपयले एसिडयुक्त अमिलोहरुको प्रयोग गरी चटपटे तयार पार्ने गरेको पाइएको छ । यसले झन हाम्रा कलिला बालबालिका र अझ त्यसमा पनि किशोरीहरुको स्वास्थ्यमा कति गम्भीर असर पारिरहेको होला हामीले कल्पना गर्न पनि सक्तैनौँ । अहिलेका हरेक किशोरवयबाटै ग्यासटूाइटिकको समस्या रहने गरेको र महिलामा प्रजनन क्षमता र शारीरिक सबलता हवात्तै घटेकोबाट सहजै बुझन सकिन्छ ।
विगत झण्डै दशवर्ष यता महिला बालबालिका र किशोरीहरुका बीच निकै प्रिय भएको नास्ता हो पानीपुरी। जुन पहिले आँटाबाट पुरी तयार पारी त्यसका निम्ति आवश्यक पानी कागतीको अमिलो, बीरेनून आदि मिश्रण गरी तयार पारिने गथ्र्यो। जुन त्यति स्वस्थकरै त हुन्थेन। तर, अहिले तयार पारिने पानीपुरी जत्तिको अखाद्य भने हुनेथिएन। किनपनि भने अहिले पुरीको रेडिमेट कच्चा पदार्थ उपलब्ध हुने गरेको छ। जसको उत्पादकताको गुणस्तर, उत्पादन मिति र अन्तिम उपभोग्य मिति पनि दिइएको हुँदैन। पुरी डुबाएर खाइने पानीचाहिँ कत्ति गुणस्तरीय बन्ला? यस्ता मसालेदार पानी कस्तो होला ? शरीरलाई भन्दा जिब्राका लागि खाने प्रवृत्तिले हाम्रो स्वास्थ्य कत्तिको लाभ पुर्याइरहेको होला ? त्यो बेच्ने विक्रेताले चोबिरहने हात र नाकमुखबाट आइरहने तरल पदार्थ र गर्मी मौसममा आउने पसिना, बाटोको धूलोहरुको प्रभाव त्यसमा अलग्गै छ। यस्ता दूषित पदार्थ हाम्रो शरीरमा प्रवेश गरेपछि यसले शरीरलाई कुन गति र गन्तव्यतिर लगिरहेको होला सहजै अनुमान लगाउन सकिन्छ। अझ ससानो एकाइमा पाइने पाते अमिलो, ससानो पत्तामा पाइने हजमोलाको असीमित चक्कीहरुको सेवन, ससाना प्लास्टिकमा पाइने जुसहरुले ती कलिला बालबालिकामा कत्तिको लाभ पुर्याइरहेको होला ? आमा,बुबाले खाजा पठाउनुभन्दा पैसै दिएर पठाए। यो खा त्यो खा त भनियो। तर, साँच्चै नै त्यो पैसाले भनेकै चीज किनेर खायो कि कस्तो चीज किनेर खाइरहेको छ भनेर पनि हेरिएन। यस्तो नहेर्ने प्रवृत्ति कत्तिको दायित्वपूर्ण छ। यो हाम्रो लापर्वाहीपनको शिकार भावी पुस्ता भइरहेको छ। उसलाई के थाहा ? के खानुहुने, के खानु नहुने। जिब्राका लागि जिद्दी ग¥यो । रोइदियो । लडिबुडी खेल्यो । त्यति गरेपछि पैसा पाकिगयो । जिद्दी ग¥यो भन्दैमा दिदै जाँदा उसमा कस्तो मनोविज्ञान विकासित हुँदै छ ? हेक्का राखिएको देखिन्न । सरकार त्यस्ता वस्तुको गुणस्तर हेर्ने अनुगमन, नियमन र नियन्त्रण गर्ने र उत्पादनमा रोक लगाउनुभन्दा उपभोक्ताले त्यस्ता चीज किन्दै नकिनिदिए उत्पादन र विक्री वितरण नै स्वतः बन्द हुनेछ अनि टण्टै साफ भनेर पन्छिन्छ ।

पेय पदार्थ

दुग्धजन्य पदार्थहरु शरीरका निम्ति पोषणतत्त्वयुक्त हुन्छन् । जसले हामीलाई भरपुर क्याल्सियम, प्रोटिन, आदि तत्त्वहरु प्रदान गरी रोगसँग लडने प्रतिरक्षात्मक क्षमता विकास गर्छन् । शारीरिक तथा बौद्धिक क्षमता विकास गर्न भरपूर मद्दत गर्छन् । त्यसको सेवन जसरी जन्मनासाथ नवजात शिशुलाई आमाको दूध अनिवार्य हुन्छ । उत्तिकै मात्रामा जीवनपर्यन्त यो अपरिहार्य हुने गर्छ । यस्ता पोषणतत्त्वको अभावमा बच्चामा कुपोषण हुन्छ र डरलाग्दा संक्रामक रोगहरुले आक्रमण गर्ने र ज्यानै लिने स्थिति पैदा हुन सक्तछ । यसर्थ दुग्धजन्य पदार्थ वृद्धि र विकासका निम्ति अपरिहार्य छ । तर, विडम्बना वर्तमान मातापिताका रुपमा रहेका नवपुस्ताले यस्ता पदार्थका सट्टा, रियो, फ्रुटी, रेडबुल, कोकोकोला, फेन्टा,स्प्राइट जस्ता केमिकलयुक्त पेयपदार्थमा रत्याएपछि तिनको जीवनपद्धति कस्तो भइरहेको होला ? हरेक अभिभावकले आप्mना सन्ततिको स्वर्णिम भविष्यको परिकल्पना पनि गर्ने तर सँगसँगै मन्दविष पनि खुवाइरहने कार्यले हामीले कस्तो पुस्ता पैदा गरिरहेछौँ त ? वहस र अभियान चलाउनै पर्ने भइसकेको छ, होइन र ?
अहिले कुनै चाड पर्व वा जन्मोत्सवहरुमा यस्ता पेयपदार्थ संलग्न नगरे खल्लो मान्न थालिसकिएको परिस्थिति छ । कोसेलीकै रुपमा यस्ता रसायनयुक्त पेयपदार्थ लैजाने र कोही पाहुना आए पनि यसैले स्वागत गर्ने प्रचलन बढ््दो छ । खाना खाँदै गर्दा पानीको सट्टा यस्ता पेयपदार्थ सेवन गर्ने चलन बढ्दो छ । यस्ता पदार्थको सेवनले कत्तिको लाभ या हानि होला भन्ने स्वास्थ्यमन्त्रालय तथा सम्बन्धित निकायबाट विश्लेषण तथा अनुसन्धान भइरहेको देखिन्न ।
फाइबरयुक्त चामलका सट्टामा कटिंग चामल उपयोग गर्नु स्वास्थ्यका दृष्टिले उपयुक्त छैन। लोकल कुखुरा बेचेर बोइलर किन्ने चलन हवात्तै बढेको छ । यद्यपि बोइलरमा प्mयाट कम हुनाले मुटुको, युरिकएसिड जस्ता रोग पालेकाहरुलाई लाभकारी भनिए पनि त्यसको उत्पादनचक्र हेर्दा नै कति स्वस्थकर हुन्छ थाहा लाग्छ । खानै परे पनि पाँच मिनेट जति उमालेर त्यसपछि पकाए त्यही केही त स्वस्थकर हुनसक्छ ।
वस्तुत ः हामी कस्तो जीवन बाँच्ने र कति बाँच्ने भन्ने कुरा हाम्रै जीवनशैली र आहारमा भर गर्ने रहेछ । यसका निम्ति अरुलाई दोष दिनु कदाचित सही होइन । स्वस्थकर आहारामा विशेष ध्यान पु¥याउने धेरेजसो नेपालीको सरदर आयु लामै छ । खानपान र आहार विहारमा चोखोनितो र स्वस्थकर खाना सेवन गर्ने जापानिजहरु निरुग्ण भई सरदर ९० वर्ष बाँचेकै छन् । आहारामा ध्यान पु¥याउना साथ हामी र हाम्रा भावी सन्तति पनि स्वस्थ र सबल जीवन जिउन सक्छन् । पैसाले मात्र कदाचित जीवन स्वस्थ र सफल बनाउन सक्दैन । यसर्थ हामीले आप्mनो र सन्ततिको जीवनलाई खुशी र समुन्नत तुल्याउन उल्लिखित सन्दर्भलाई आत्मसात गर्नु श्रेयस्कर छ ।

0 Shares

Related Articles