पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले दिएन सूचना
पाल्हीनन्दन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउपालिका कार्यालयले सूचनाको अधिकारबाट सेवाग्रहीहरुलाई बन्चित गरेको छ ।
गाउपालिका कार्यालयका सूचना अधिकृतलाई सम्बोधन गरी लिखित रुपमा दिईएको सूचना मांगको पत्र प्रति पाल्हीनन्दन गाउपालिका कार्यालयले करिब दुई महिना वितिसक्दा समेत सूचना मांगकर्तालाई सूचना उपलब्धि नगराएको सूचना मागकर्ता पाल्हीनन्दनका स्थानीयबासी रामकरण हरिजनले बताए।
सेवाग्रही एवं पाल्हीनन्दनका स्थानीयवासी रामकरण हरिजनले असोज ६ गते प्रस्तावनाको प्रतिलिपि र लक्षित वर्गकोको कार्यक्रममा उपस्थितहरुको नामावलीको विवरण मांग गरि सेवाग्रही रामकरण हरिजनले गाउपालिका कार्याल्यमा दिएको निवेदनको दुई महिना विती सक्दा पनि सुनवाई नभएको सेवाग्राही रामकरण हरिजनले बताए।
अन्तरिम सम्बिधान २०६४ देखि लागू भएका सूचनाको हकले कुनै पनि सरकारी वा सामाजिक संघसंस्थाबाट आवश्यका सूचनाको माग गरी सेवाग्रहीले सूचना पाउने पर्ने ब्यवस्था गरेकेो छ । सूचना मांग गर्दा लाग्ने प्रति लिपि खर्च सूचना मागकर्ताले गर्नु पर्ने व्यवस्था रहेको छ । पाल्हीनन्दन गाउपालिकाले मात्र होइन कि स्थानिय तहमा जनप्रतिनिधी एवं कर्मचारीहरुमा सूचनाको हक सम्बन्धित जानकारी नभएका काराणले सूचना सहजै पाउन अहिले पनि समस्या रहेको जानकारहरुले बताउने गरेका छन् । देशको राष्ट्रिय सुरक्षालाई खलबलाउन सक्ने विषय भए मात्र सूचना दिनु नपर्ने प्रावधान भएपनि सरकारी अधिकारीहरुले यसलाई आफूखुसी व्याख्या गर्ने गर्दछन् । सूचना माग गरेको सात दिन भित्र सूचना दिनु पर्ने र दिन नसक्ने भए स्पष्ट कारण खुलाई जवाफ दिनु पर्ने प्रावधान छ।