नवलपुरबाट दुई सय ४५ जना खेलाडी छनौट

52







नवलपुर । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा भएको खेलाडी छनौट प्रतियोगिताबाट विभिन्न विधामा दुई सय ४५ जना खेलाडी छनौट भएका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चलेको जिल्ला स्तरको खेलाडी छनौट प्रतियोगिता मंसिर १६ देखि २१ गतेसम्म भएको थियो ।
जिल्लाबाट छनौट भएका खेलाडीहरु गण्डकी प्रदेश स्तरको माघको अन्तिम साता हुने प्रदेश छनौट प्रतियोगितामा सहभागी हुने छन् । उक्त प्रतियोगिताबाट छनौट भए मात्र राष्ट्रिय स्तरको खेलमा सहभागी हुन पाउने छन् । जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीका अनुसार ७ सय जना खेलाडीले छनौट प्रतियोगितामा भाग लिन आवेदन दिएकोमा २ सय ४५ जना छनौट भएका छन् । टाइगन्टु विधाको खेलको भने छनौट हुनै बाँकी छ ।
छनौट चरणबाट फुटबलमा महिला पुरुष १६,१६ जना, एथलेक्टिसमा महिला ४ र पुरुष ५ जना, बक्सि· पुरुष ५ जना र महिला ३ जना, भारत्तोलनमा २ जना पुरुष, टेबलटेनिसमा पुरुष ३ जना र महिला २ जना, क्रिकेटमा पुरुष १४ जना, भलिबलमा महिला पुरुष १०,१० जना छनौट भएका छन् ।
त्यस्तै गरी कबर्डीमा महिला पुरुष १०, १० जना, खोखोमा महिला पुरुष १२, १२ जना, उसुमा मलिा पुरुष ४, ४ जना, बास्केटबलमा पुरुष १० जना, ब्याडमिन्टनमा पुरष ४ जना र महिला २ जना, कराँतेमा महिला, पुरुष ८, ८ जना, हेण्डबलमा ४ जना पुरुष, बुद्धिचालमा ३ पुरुष र २ महिला, सेपेताप्रोमा पुरुष महिला ५, ५ जना छनौट भएका छन् ।
त्यसैगरी फुलकन्ट्याक कराँतेमा पुरुष ६ जना, महिला ४ जना, पौडीमा १ जना पुरुष, आइ टि एफ्मा पुरुष महिला ८, ८ जना छनौट भएका छन् ।
आठौं राष्टिूय खेलकुद प्रतियोगिता माग अन्तिमदेखि फाल्गुनको पहिला साता प्रदेश ५ को विभिन्न ठाउँमा हुने तयारी भईरहेको छ ।

You might also like
Loading...