सुनवलमा भएका सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु , मोटरसाइकल जलेर नष्ट

77







रामकुमार श्रेष्ठ
नवलपरासी (सुनवल), २३ मंसिर ।


पश्चिम नवलपरासीको सुनवलमा आइतबार विहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
विहान सवा नौं बजे तिर सुनवल ४ बाह्रघरे स्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा पूर्वबाट पशिचमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको ग १५ प ३४९२ नमबरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक कास्की जिल्लाको पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ का प्रविन गुरुङ र सोही ठाउँका मोटरसाइकलमा सवार २६ बर्षका विनोद बानियाँको मृत्यु भएको हो ।
गुरुङको पृथ्वीचन्द्र अस्पतालमा पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो भने बानियाँको देवदह मेडिकल कलेज देवदह रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्करबाट बढी घर्षण भएका कारण मोटरसाइकल जलेर नष्ट भएको छ ।
ठक्कर दिने ट्यांकर सुनवल प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्यांकर चालक फरार रहेका छन् ।

You might also like
Loading...