नक्कली नागरिकता लिने तीन पक्राउ





वीरगन्ज । पर्सामा एकसातामा तीनवटा नक्कली नागरिकता बनाउने पक्राउ परेका छन् । नक्कली नागरिकताधारीलाई प्रहरीले पक्राउ परेपछि नक्कली नागरिकताधारी सार्वजनिक भएका हुन् ।

प्रहरीले गएको मंसिर १०, १४ र १२ मा पक्राउ गरेका तीन जनाको नागरिकता पर्साबाट बनाएको देखिन्छ । तर, जिल्ला प्रशासन कार्यालयमा कुनै रेकर्ड छैन । प्रहरीले भेटेको नागरिकतामा २१ असोज २०६९ मा जारी गरिएको भनिएको नागरिकतामा नागरिकता प्राप्त नम्बर १६५५२४७६ उल्लेख छ, जारी मिति १२ माघ २०७३ लेखिएको छ ।


त्यसको अभिलेख जिल्ला प्रशासन कार्यालयसँग छैन । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकता नक्कली भएको प्रमाणित गरेको छ । आफ्ना सन्ततिलाई विदेश पठाउन नक्कली नागरिकता बनाएको प्रहरीले दाबी गरेको छ । नक्कली नागरिकता २०६३ सालमा नागरिकता बनाउने टोली गाउँ आएको बेला बनाएको प्रहरीले दाबी गरेको छ ।

स्थायी ठेगाना साबिकको वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १ उल्लेख गरिएको १६५५२४७६ नम्बरको नागरिकता लिने दिनेशकुमार साह र साबिकको पर्साको चोर्नी गाविस वडा नम्बर ७ ठेगाना उल्लेख गरी ३०२२ ⁄ ११२९७ नम्बरको नागरिकता लिने हरिन्द्र साह तेली विदेश राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा आएका बेला पक्राउ परेका थिए । साहलाई गत १० मंसिरमा र तेलीलाई गत १४ मंसिरमा प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




सम्बन्धित
Loading...