पुसे १५ मा सार्वजनिक विदा दिन माग





कावासोती, २५ मंसिर ।
तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद नवलपुरले पुसे १५ मा सार्वजनिक विदा दिन माग गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापन पत्र बुझाउँदै उनीहरुले यस्तो माग गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै यस अघि राष्ट्रिय पर्वको रुपमा मान्यता पाएर सार्वजनिक विदा दिने गरिएको पुसे १५, उधौली उभौली, तमु ल्होसार, सोनाम ल्होसार, माघी जस्ता पर्वहरुमा विदा कटौती गर्नु ३५ प्रतिशत जनजातिमाथिको उपेक्षा भनिएको छ ।
उनीहरुले आफूको मागलाई वेवास्ता गरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद नवलपुरका अध्यक्ष ललितबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।







सम्बन्धित
Loading...