धुलिखेलमा बसले ठक्कर दिंदा युवकको मृत्यु





२६, मंसिर काभ्रे । अरनीको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल-५ स्थित बाँसघारीमा बसले ठक्कर दिंदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।




बाँसघारीबाट धुलिखेलतर्फ जाँदै गरेको बा८३प ३३५४ नम्बरको मोटरसाइकललाई डाँडापारी जाँदै गरेको ना४ख ९२२१ नम्बरको बसले पछाडिबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार धुलिखेल-३ कुत्तालका २० वर्षीय  शन्त तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले जानकारी दिए ।

मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । बस चालक र मोटरसाइकल चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी गिरीले बताए ।




सम्बन्धित
Loading...