दाङको लमहीमा जन्ती जीप दुर्घटना, दुलाको आमाबुवा सहित ६ जनाको मृत्यु

कावासोती, २७ मंसिर ।
दाङको लमहीमा जन्ती चढेको जीप र यात्रुबहाक बस एक आपसमा ठोक्किँदा बेहुलाको आमाबाबा सहित ६ जनाको ज्यान गएको छ ।
लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिकै भएको दुर्घटनामा बेहुलका आमाबुवासहित ६ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । अन्य दुई जना घाइते भएका छन् ।
बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस आज बिहान एक आपसमा ठोक्किएका हुन् ।
मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का बेहुलाका बुवा ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया आमा विमला खत्री, रहेका छन् । यस्तै मृत्यु हुनेमा ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपक कुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।
शवलाई लमही अस्पतालमा राखिएको छ । दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनीहरुलाई उपचार गर्न बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । बेहुला र बेहुली भने अर्काे गाडीमा थिए । मृत्यु भएको सबैको शव पोष्टमाटमका लागि लमहि अस्पतालमा राखिएको छ । बुवाआमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो । बसका यात्रुहरु भने सकुशल छन् ।

0 Shares

Related Articles