बौदीकाली गाउँपालिका वडा नं. ४ बालमैत्री हुने

बौदीकाली । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं. ४ लाई २०७८ मा बालमैत्री गाउँ घोषणा गरिने भएको छ। यसका लागि वडाध्यक्ष मनबहादुर सारुको अध्यक्षतामा ११ सदस्यीय समिति गठन समेत गरिएको छ । जसको सदस्यहरुमा धनमाया विक, धनबहादुर सोती, रामबहादुर रकिम, लालबहादुर खत्री, खगीसरा सिंजाली र दाबहादुर मर्सा·ी मगर रहनु भएको छ।
यसैबीच बौदीकाली गाउँपालिका ४ मा बालअधिकरा सबैको सरोकार बालमैत्री स्थानीय शासन समबनधी दुई दिने अभिमुखीकरण ालिम प्रदान गरिएको छ। बौदीकाली गाउँपालिका वडा नं. ४ को आयोजनामा दुई दिने अभिमुखीकरण तालिम आयोजना भएको हो ।
तालिममा वेस नेपाल पाल्पाका कार्यकारी निर्देशक सालिकराम पाण्डे, नवलपुर जिल्लाका प्रतिनिधि सालिकराम पौडेलले प्रशिक्षण दिनुभएको थियो।
बौदीकाली ४ का वडाध्यक्ष मनबहादुर सारुको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिवबहादुर थापा, नेपाली काँग्रेसका रेशमलाल थाप लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। उहाँहरुले बौदीकाली ४ लाई बालमैत्री गराउन आआफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

Related Articles