विद्यालयको चार कोठे बालमैत्री भवन शिल्यान्यास

बुलिङ्गटार । पूर्वी नवलपरासीको बुलिङ्गटार ४ मा रहेको गोरखकालिका मावि सिंचा·को ४ कोठे बालमैत्री भवनको विहीबार प्रदेश सांसाद रोशनबहादुर गाहा मगरले शिल्यान्यास गरेका छन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका इकाई प्रमुख कृष्णचन्द्र पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
६५ लाखको लागत बन्ने उक्त भवन बुलिङ्गटार गाउँपालिकाका साथै जेसिवाई सिएन र केएएनएएलएलएएम नामक संस्थाले आर्थिक सहयोग गरेको छ। ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ भवनको शिल्यान्यास गरिएको विद्यालयका प्रधानाध्यापक अमरसिंह नेपालीले बताए। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर आले मगरको अध्यक्षतामा भएको थियो।

0 Shares

Related Articles