नुवाकोटमा आइचर दुर्घटना कम्तिमा १६ जनाको मृत्यु

92







नुवाकोट, २८ मंसिर ।
नुवाकोटको दुर्गम दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा शुक्रबार साँझ आइचर दुर्घटना हुँदा कम्तिमा १६ जना यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ।
ध्याङफेदी सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा ३ ख ३९१३ नम्बरको गाडी कच्ची सडकबाट करिव चार सय मिटर तल खसेर दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईको नेतृत्व र सामुन्द्रटार प्रहरी चौकीबाट प्रहरी घटना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आफन्तको मृत्यु संस्कार घेवाबाट फर्कदै गरेका ४० भन्दा धेरै यात्रु सवार गाडी दुर्घटना भएको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए । सिन्धुपाल्चोकसँग सीमा जोडिएको घ्याङफेदी नुवाकोटको दुर्गम गाउँ हो । सो ठाउँमा सञ्चार सुविधासमेत राम्रो नभएकोले उद्दारमा समेत समस्या भएको छ । स्थानीयहरुले १४ जना घाइतेहरुको उद्दार गरेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

You might also like
Loading...