प्रदेश २ को म्याद सिफारिस समितिको म्याद सकियो, नाम र राजधानी अझै टुंगो लागेन

42







सप्तरी १ पुस । प्रदेश २ को नाम, स्थायी राजधानी र भाषाबारे सुझाव दिन गठित समितिको म्याद सकिंदा पनि उसले नाम र स्थायी राजधानी र भाषा बारे निर्णय गर्न सकेको छैन ।
४५ दिने समयसीमा गुजारेको समितिले थप २ महिना म्याद मागेको छ । समितिले आफ्नो ४५ दिनको समय सीमासक्दा अहिलेसम्म मात्र एक जिल्लामा कार्यक्रम गरेर सुझाव संकलन गरेको छ ।
प्रदेश २ को सरकारले ११ कात्तिकमा प्रदेशको नाम, स्थायी राजधानी र भाषाबारे सुझाव दिन डा. हरिवंश झाको नेतृत्वमा आयोग गठन गरेको थियो । आयोगलाई दिइएको समयसीमा २७ मंसिरमै सकिएको हो ।
यसबीचमा आयोगले प्रदेश २ का आठ जिल्लामध्ये एक जिल्लामा मात्रै सुझाव संकलन गरेको छ । ‘
आयोग पदाधिकारीहरुले समयावधि २ महिना थप्न प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
तर, प्रदेश सरकार १५ दिनको समय मात्रै दिने तयारीमा छ । ‘हामी १५ दिनको समय थप गर्छौं’, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने ।

You might also like
Loading...