सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीद्वारा प्रिन्सिपलको पुतला दहन


धनन्जय अवस्थी 
कञ्चनपुर १ पुस । 





सुदूरपश्चिमाञ्चल विश्व विद्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा विश्व विद्यालयका प्रिन्सिपल भूपेन्द्र बिष्टको पुतला दहन गरेका छन् ।
आइतबार कञ्चनपुरमा रहेको सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको केन्द्रीय क्याम्पसमा संयुक्त विद्यार्थी संगठन नेकपा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) नेकपा निकट अखिल (क्रान्तिकारी) र पुर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तथा पूर्व एमाले निकट अनेरास्ववियुले पुतला दहन गरेका हुन् ।
विश्व विद्यालय आफन्तहरुलाई जागिर खुवाउने भर्ती केन्द्र बनाएको भन्दै आक्रोशमा आएका विद्यार्थी संगठनहरुले पुतला जलाउनुका साथै प्रिन्सिपलको कार्यकक्षमा टोडफोड गरी फर्निचर समेत जलाएका छन् ।
प्रिन्सिपलले मनमानी ढंगले कर्मचारी भर्ना गर्ने र करार शिक्षकहरुको नियुक्ति गर्ने जस्ता विषयहरुलाई लिएर आन्दोलन गर्नु परेको अखिल क्रान्तिकारीका सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका संयोजक टिकेन्द्र साउतले बताए ।
आन्दोलनले विश्वविद्यालयको पढाई समेत प्रभावित भएको छ ।







सम्बन्धित
Loading...